खिमबहादुर विक, प्युठान ।
प्युठानको झिमरुक गाउँपालिका वडा नं ७ तुसारामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ । विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई स्वागत गर्दै राजमोले प्रशिक्षण सञ्चालन गरेको हो ।
पोखरा हलमा सम्पन्न सो प्रशिक्षणमा तुसारा, कुता, रातटारी, हिडडाडा, गब्दीबाट नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै राजमो केन्द्रीय सदस्य नारायण जिसीले देशको समसामयिक अवस्थाका बारेमा स्पष्डट पार्नुभएको थियो । उहाँले आज देस अन्तर्रास्ट्रिय साम्राज्यवादी लगायत देशी विदेशी दलाल र माफियाहरुको चपेटामा परेको भन्दै जनताको बलिदानबाट प्राप्त गणतन्त्र र सिमित लोकतन्त्रसमेत धरापमा परेको बताउनुभयो ।
उहाँले राजमोले उठान गर्ने मुद्दा नै देश र जनताका मुद्दा भएको साबित भइरहेको पनि स्पष्ट पार्नुभयो ।
भेलालाई राजमो जिल्ला सदस्य टीका बहादुर जिसी, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मीन बहादुर खत्री, जातीय समता समाज जिल्ला सचिव खिम बहादुर विक, पू्रर्व तुसरा गाविसका अध्यक्षहरु ठाकुर गिरि र किरण जिसीले प्रशिक्षण दिनुभएको थियो ।
साथै भेलामा जिल्ला समन्वय समिति प्युठानका सदस्य रेकम रसाइली, पूर्व कार्यपालिका सदस्य केबि सुनार, अखिल नेपाल महिला संघ गाउँपालिका उपाध्यक्ष गिता महातारा, ७ नम्बर वडाका जनप्रतिनिधि राधा पछाइ, युवक संघका नेता भोजु गिरिको आतिथ्यता रहेको थियो ।
दिनेन्द्र एमसीको अध्यक्षता, लोक बहादुर महताराको सन्चालन र खडक महताराको स्वागतबाट अगाडि बढेको प्रशिक्षण भेलामा संगठन सबन्धी विभिन्न निर्णयहरु गर्नुका साथै संगठन बिस्तारमा लाग्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेस गर्नेहरुलाई प्रमुख अतिथी नारायण जिसीले अबिर लगाइ स्वागत गर्नुभएको थियो ।