• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रगतिशील प्रवासी नेपाली संगठनको ऐतिहासिक दस्तावेज “राजनीतिक जीवनयात्राका चार दशक”


  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
  • रामदेव पाण्डे ##
    मलाई नेपाल विश्वमानवको देश हो भन्दा अत्युक्ति हुँदैन भन्ने लाग्छ । भूगोलमा त्यति ठुलो भूभाग नओगटेको देश भए पनि यहाँको कृति र नाम विश्वभर परिचित छ । यसका भौगोलिक, प्राकृतिक, सांस्कृतिकलगायतका कारण मात्र यस कुराका कारक तत्त्व हैनन् ।

    Advertisement

    विविध कालखण्डमा यहाँ जन्मेका विशिष्ट मानव, महामानवका कारण पनि नेपाल एउटा छुट्टै पहिचान बोकेको देश भनेर चिनिन्छ । जनकदेखि बुद्धसम्म, लक्ष्मीप्रसाद देवकोटादेखि विद्याधरसम्मका विश्वमानवका कारण मात्र पनि हैन, शिक्षा र श्रमका लागि विश्वका कुना कुनामा उपस्थिति जनाइरहेको नेपाली जातिका कारण आज पनि नेपाल परिचित छ । बुद्धपछि जन्मेर विश्वविख्यात रहन सफल मानववादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंह जस्ता विश्वमानवको चर्चा नेपालमा कम भए पनि विश्वभर उनी विशिष्ट मानव भनेर चिनिन्छन् । देशमा अप्ठेरो पर्दा या निरङ्कुश शासनसत्ताले थिचोमिचो गर्दा छिमेकी देशमा गएर त्यहीँबाटै निरङ्कुशता र अन्याय अत्याचारका विरुद्ध आवाज बुलन्द गर्दै नेपालका लागि आन्दोलन गर्ने परम्परा जस्तै बनेको छ । जयपृथ्वीले त राणाकालको दबदबा रहेकै बेलामा उनीहरूकै पारिवारिक शासक, बझाी राजाको पद नै त्यागेर विश्वमानव हितका लागि मानववादको प्रचार प्रसारमा लागेका थिए । विपी कोइराला तथा पुष्पलालदेखि तत्कालीन माओवादी आन्दोलनका नायकहरू वैद्य, प्रचण्ड, बाबुरामको बास पनि भारतमै रहनुले यस कुरालाई पु्ष्टि गर्छ ।

    फरक पहिचान बनाउन र देश तथा जनताको पक्षमा काम गर्न सधैँ युद्ध नै लड्नुपर्छ भन्ने हुँदैन । विभिन्न बौद्धिक, प्राज्ञिक कार्य पनि जनपक्षीय कार्यको आधार बन्दछन् । आन्दोलन, अभियान र सङ्घर्षमा सक्रिय रहँदै यस्तै काम गर्ने व्यक्तित्व हुन् गिरधारीलाल न्यौपाने ।

    उनी प्रवासी नेपाली आन्दोलनका एक चर्चित व्यक्तित्व हुन् । आफ्नो जीवनको सबभन्दा ऊर्जाशील झन्डै तीन दशक लामो अवधिलाई सम्पूर्ण रूपमा प्रवासी नेपालीका हक, अधिकार र न्यायका पक्षमा लगाएका न्यौपानेले त्यस समयको आफ्नो महत्त्वपूर्ण अनुभवलाई पुस्तकको रूपमा बाहिर ल्याएका छन् । तीन दशक प्रवास र त्यसपछिको एक दशक नेपालमा जनपक्षीय आन्दोलन र अभियानमा आफूले भोगेका समग्र पक्ष र घटनाक्रमका अनुभवलाई यस पुस्तकभित्र समेटेका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) को प्रवासी नेपाली भ्रातृ सङ्गठन अखिल भारत नेपाली एकता समाज (पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज) को साधारण सदस्यको रूपमा प्रवेश गरी आफ्नै लगन र इमान्दारिताका कारण दुई कार्यकाल एकता समाजका महासचिव र दुई कार्यकाल नै सभापति÷अध्यक्ष रहन सफल गिरधारी मसालकै अन्तर्राष्ट्रिय भ्रातृ सङ्गठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको संस्थापक अध्यक्षसमेत हुन् । नेकपा (मसाल) को पोलिटब्युरो सदस्यसमेत रहन सफल न्यौपाने हाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य हुन् । आफ्नो यसै चालिस वर्ष लामो राजनीतिक जीवनयात्रालाई सङ्क्षिप्त रूपमा दस्तावेजीकरण गरिएको पुस्तक हो– “राजनीतिक जीवनयात्राका चार दशक” ।

    पुस्तकको नाम झट्ट हेर्दा यो गिरधारीलाल न्यौपानेको आत्मकथा या जीवनी मात्र हो कि जस्तो लागे पनि यस पुस्तकमा त्योभन्दा पृथक र गहन विषयवस्तु पढ्न पाइन्छ । नेपाली तत्कालीन शासकबाट प्रतिबन्धित जनपक्षीय राजनीति र कम्युनिस्ट आन्दोलनको उर्वर आधारक्षेत्र भारतभूमिमा नेपाली कम्युनिस्ट आन्दोलनका दिग्गज अभियन्ता, राजनीतिज्ञका कार्य, क्रियाकलाप र आन्दोलनलाई समेत पुस्तकमा समेटिएको छ । नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्टका गुरु मानिने मोहनविक्रम सिंहदेखि चित्रबहादुर केसी, मोहन वैद्य किरण र पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, प्रचण्डसमेतसँग भएका कार्य÷सहकार्यको सङ्क्षिप्त विवरणसमेत यस पुस्तकमा पाउन सकिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना, मोहनविक्रम सिंह, डा. बाबुराम भट्टराई, प्रचण्ड, एकता समाजका संस्थापक अध्यक्ष गोविन्दसिंह थापा, एकता समाजका पूर्व अध्यक्ष एवम् नेकपा नेता डिलाराम आचार्यका शुभकामना मन्तव्य तथा भूमिकाले यस पुस्तकको महत्त्वलाई दर्साएका छन्, गरिमालाई बढाएका छन् ।

    कमजोर आर्थिक अवस्थाका कारण १४ बर्से बाल्यकालदेखि नै बिदेसिएर भारतका घर, होटल र कारखानामा जोतिँदै, हन्डर खाँदै गरेर पनि एकता समाजको माध्यमबाट आफू जस्तै र आफूभन्दा पनि बढी पीडित प्रवासी नेपालीको पक्षमा भएगरेका कार्यको सङ्क्षिप्त तर ठोस दस्तावेज यस पुस्तकमा समेटेका छन् न्यौपानेले ।

    लेखकको लेखकीय इमान्दारीको प्रशंसा गर्दै वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले आफ्नो मन्तव्यमा लेखेका छन्– “पुस्तकमा इतिहासका विवरण बयान गरेर अगाडि आउनु यो पुस्तकको सबैभन्दा सफल पक्ष हो । यसमा लेखक सन्तुलित भएर व्यक्त हुनु अझ स्वागतयोग्य पक्ष हो । त्यसबाट लेखकको इमान्दारिता पनि बुझ्न सकिन्छ । लेखकका केही मौलिक दृष्टिकोणबाहेक अन्य सबै विषयवस्तु तथ्यसङ्गत रहेका छन् । लेखकले विगतलाई सकेसम्म तथ्यपरक बनाउन कोसिस गरेका कारणले इतिहासका विद्यार्थीले यसलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सक्ने छन् ।”

    त्यसैगरी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तकलाई उथलपुथलपूर्ण जीवनका अनुभव र अनुभूतिको सँगालो भनेका छन् । भट्टराईले भनेका छन्– “समग्रमा एउटा सामान्य पृष्ठभूमिबाट उठेर विद्यमान राजनीति र समाज व्यवस्थामा रहेका विकृति, विसङ्गति, विभेद, अन्याय विरुद्ध निरन्तर सङ्घर्ष गर्ने र शोषणरहित समाज स्थापना गर्ने दृढताले भरिएको जीवनको चित्र पुस्तकले प्रस्तुत गर्छ ।”

    उता, पूर्व प्रधानमन्त्री एवम्नेकपा अध्यक्ष (हाल नेकपा माओवादी अध्यक्ष) प्रचण्डले पुस्तकको भूमिकामा लेखेका छन्– “जीवनकथाको यो चित्रमा एउटा पाटो कष्टकर भए पनि उदाहरणीय छ । यो राम्रो कथासमेत बन्न सक्छ । वास्तवमा तत्कालीन परिवेशको कमरेड गिरधारीलाल न्यौपानेको यो एक्लो कथा होइन, बरु हाम्रो देशको त्यो परिस्थितिको आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको समेत प्रतिनिधित्व गर्ने कथा हो ।”

    नेपाली राजनीतिक फाँटका दिग्गज व्यक्तित्वका यी भनाइबाट पनि पुस्तकको राजनीतिक र ऐतिहासिक महत्त्व रहेको बुझ्न सकिन्छ ।
    लामो समयसम्म भारत प्रवासमा रहेर काम गरेका कारण भाषामा हिन्दीको प्रभाव रहे पनि पुस्तकको भाषा अत्यन्त सरल र सरस रहेको छ । पुस्तकमा समाविष्ट विभिन्न कालखण्डका ऐतिहासिक घटनाव्रmम समेटिएका पत्रिकाका कटिङले त पुस्तक पढ्दा भारतमै पुगेर त्यहाँका अभियान र सङ्घर्षमा स्वयम् सहभागी भएको महसुस गराउँछ । यसरी नै ती दस्तावेजमा समाविष्ट नेपाली कामदारमाथि हुने गरेका दर्दनाक अपराधका बारेमा पढ्दा भने आङ नै सिरिङ्ग गरेर आउँछ । पढ्दै जाँदा उतिबेलै त्यस्ता अपराधीका विरुद्धको आव्रmोशका कारण रगत उम्लेर आउँछ । त्यस्ता कतिपय घटनापछि घटनास्थलमा अनुगमन, घटनाका विरुद्धका अभियान र आन्दोलनमा यो लेखकसमेत सरिक भएका कारण पनि त्यस्ता मुटु हल्लिने दृश्यको प्रत्यक्ष साक्षी बनेको छ । इमानदारिपूर्वक भन्नुपर्दा यो पुस्तक एकपटक पढ्नैपर्ने पुस्तकको सूचिमा पर्दछ भन्दा अत्युक्ति हुँदैन ।

    पुस्तकका विषयवस्तुको अध्ययन वाम आन्दोलनमा लाग्ने र लागेका मानिसका लागि जति महत्त्वपूर्ण छ, विदेशमा रहेर काम गर्ने अन्य विचार पक्षका मानिसका लागि पनि त्योभन्दा कम उपयोगी र कम महत्त्वपूर्ण छैन । लेखक वाम विचार समर्थक सङ्गठनका मानिस भए पनि प्रवासमा रहेर साङ्गठनिक काम गर्दा कहिल्यै पनि वाम र गैरवाम अर्थात् प्रगतिशील र गैरप्रगतिशील भनेर कहिल्यै विभेद नगरेको कुरा पुस्तकमा समेटिएका विभिन्न अभियान र घटनाव्रmमबाट बुझ्न सकिन्छ । देशवासीहरू विदेशमा रहँदा के कस्ता काम गर्नुपर्छ ? के कस्ता अप्ठेरा र समस्या आइलाग्छन् भन्ने थाहा पाउनु नेपालमै बस्ने आम नेपालीका लागि पनि चासो र सरोकारको विषय हो । त्यसैले विदेश नगई अथवा जान नपरी स्वदेशमै रहेका आम नेपाली पाठकका लागि पनि उत्तिकै पठनीय र ज्ञानवर्धक पुस्तक हो– “राजनीतिक जीवनयात्राका चार दशक” ।

    आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.