• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्न राष्ट्रपतिलाई राजमोको ध्यानाकर्षण


  •   शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादित नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराएको छ । शुक्रबार राष्ट्रपतिलाई भेटेर जनमोर्चाको प्रतिनिधिमण्डलले राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो ।

    Advertisement

    राष्ट्रपतिको कार्यालय शीतल निवासमा अध्यक्ष चित्रबहादुर केसी, महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी जानुभएको थियो । त्यसक्रममा अध्यक्ष केसीले नेपाललाई दीर्घकालीन रुपमा असर पार्ने कैयौँ राष्ट्रघाती प्रावधान राखेर नागरिकता विधेयक संसदले पारित गरेको भन्दै संविधानसम्मत ढंगले त्यसको हल खोज्न राष्ट्रपतिसमक्ष आग्रह गर्नुभयो ।

    ‘नागरिकता विधेयकमा विदेशी बुहारीको लागि सात वर्षे प्रावधान हटाइएको छ । यो बाहेक पनि कतिपय दीर्घकालिन रुपमा देशलाई असर गर्ने प्रावधानहरु राखेर पारित भएको छ’ राजमोले राष्ट्रपतिसमक्ष राखेका धारणाबारे महासचिव मनोज भट्टले भन्नुभयो, ‘संसदको दुवै सदनले पारित गरिसकेको हुनाले महामहिम राष्ट्रपतिसँग अब विकल्प साँघुरिएको छ । तैपनि देशहितलाई केन्द्रमा राखेर राष्ट्रिय सहमति खोज्न आवश्यक छ ।’

    जवाफमा राष्ट्रपति भण्डारीले आफ्ना सुझावलाई दलहरुले वेवास्ता गरेर नागरिकता विधेयक पुनः जस्ताको तस्तै पारित गरेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसमा पुनः दलहरुको गम्भीर ध्यान जाओस् भन्नुभएको महासचिव भट्टले बताउनुभयो ।

    राष्ट्रपति भण्डारीले संवैधानिक प्रावधान अनुसार आफूले देशहितमा काम गर्ने आश्वासन राजमोको प्रतिनिधिमण्डललाई दिएको भट्टले जानकारी गराउनुभयो । साथै उहाँले राष्ट्रियताका सवालमा सबै दलहरुबीच एकता हुनुपर्नेमा पनि जोड दिनुभएको थियो ।

    फरक प्रशंगमा राजमो नेताहरुले राष्ट्रपतिको राजीनामाबारे चलेको हल्लाबारे पनि जिज्ञासा राखेका थिए । सो विषयमा भने राष्ट्रपतिले कुनै जवाफ दिनुभएन ।

    राजमो नेताहरुले राष्ट्रपतिलाई अहिलेको अवस्थामा राजीनामा दिन उपयुक्त नहुने सुझाव दिएका थिए ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सन्दर्भमा विभिन्न राजनीतिक दलका नेताहरुलाई छुट्टाछुटै बोलाएर छलफल गरिरहनुभएको छ । सोही सन्दर्भमा आज (भदौ १७ गते) राजमो नेताहरुलाई बोलाउनुभएको हो ।

    सत्तारुढ दलहरुले विदेशी बुहारीलाई विवाह गरेर आउनासाथ नेपालको नागरिकता दिने, जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई पनि वंशजको नागरिकता प्रदान गर्ने लगायतका कतिपय आपत्तिजनक प्रावधान राखेर नागरिकता विधेयक संसदबाट पारित गराएका छन् ।

    पहिलो पटक संसदका दुवै सदनले पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले आफ्ना सुझावसहित पुनर्विचारका लागि फिर्ता पठाइदिनुभएको थियो । तर, पुनः सो विधेयक जस्ताको तस्तै दुवै सदनले पास गरेका छन् ।

    शुक्रबार मात्रै राष्ट्रिय सभाबाट पारित भएको विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बनेर लागू हुने छ ।

    शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.