काठमाडौं । राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।
Advertisement
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रश्ताव पेस गरेका थिए ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्तावव बहुमतले पारित भएको घोषणा गरे । विवादित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अब ऐन बनेर लागू हुने छ ।