काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन संसदीय समितिको बैठकमा उपस्थित हुनुभएको छ । राणालाई महाभियोग सिफारिस समितिले बयानका लागि सिंहदरबार बोलाएको हो ।
राणाविरुद्धको महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठक आज सिंहदरबारमा बसेको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा समितिको बैठक बसेको हो ।
महाभियोग सिफारिस समितिले जबरासँग बयान लिने छ ।
समिति गठन भएको झन्डै ६ महिनापछि यही भदौ १ गते समितिको पहिलो बैठक बसेको थियो।
११ सदस्यीय महाभियोग सिफारिस समितिमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।
चोलेन्द्रलाई बयानका लागि महाअभियोग सिफारिस समितिले बोलायो