• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाल र अष्ट्रेलियाबीच जलस्रोत व्यवस्थापन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर


  •   मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच जलस्रोत व्यवस्थापन सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज (भदौ १४) बसेको नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय संयन्त्रको बैठकमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    Advertisement

    अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्र मन्त्रालयबीचको संयन्त्रको बैठक आज अष्ट्रेलियाको क्यानबेरामा बसेको हो ।

    बैठकको अवसरमा अष्ट्रेलियाली परराष्ट्र मन्त्रालयका सचिव जान एडम्स र नेपाल सरकारका जल तथा उर्जा आयोग सचिवालयका सचिव दिनेशकुमार घिमिरेले अष्ट्रेलिया–नेपाल जलश्रोत व्यवस्थापन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरे ।

    यस समझदारीपत्र अनुसार अष्ट्रेलियाले तालिम, प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय रुपमा प्रख्यात जलस्रोत शासन विज्ञतामा सहकार्य गर्ने जनाइएको छ । यसले हाल अष्ट्रेलियाले अन्तर्राष्ट्रिय एकीकृत पर्तवीय विकास केन्द्र (ईसिमोड) सँग गरिरहेको नेपाल सरकारको दिगो पुनरुत्थान, वृद्धि र रोजगारी प्रवर्धनका लागि हरित, पुनरुत्थानशील र समावेशी विकास (ग्रीड) तर्फको प्रस्थान लक्ष्य अनुरुप, सीमापार जलाधार क्षेत्र व्यवस्थापन, जलवायु कृयाकलापको स्थानीयकरण, हरित जीविकोपार्जन प्रवर्धन कार्यलाई पनि सघाउने छ ।

    द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाका तर्फबाट जीयोस्ट्रेटेजीक ग्रुपका डेपुटी सेक्रेटरी जस्टीन हेहर्श्ट र नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको सह–अध्यक्ष्यता सञ्चालन भएको थियो।

    डेपुटी सेक्रेटरी हेहर्श्टले उक्त बैठक सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गर्दै सचिव पौड्यालको नेतृत्वको नेपाली टोलीलाई अष्ट्रेलिया यात्रा गरेकोमा धन्याबाद ज्ञापन गरे। डेपुटी सेक्रेटरी हेहर्श्टले १ लाख २० हजार भन्दा बढी नेपालीहरुले अष्ट्रेलियालाई आफ्नो घर मानेको र यसले अष्ट्रेलिया र नेपालबीच बलियो जनस्तरको सम्बन्ध स्थापना गरेको बताए।

    अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्र मन्त्रालय बिचको द्विपक्षीय संयन्त्रको स्थापना विसं २०७४ भएको हो र यस अघिको बैठक विसं २०७५ मा काठमाडौंमा भएको थियो ।

    मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.