सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ गोवागाङमा बुहारीको कुटाइबाट ८० वर्षीय ससुराको मृत्यु भएको छ ।
Advertisement
आइतबार (भदौ १२ गते) अन्दाजी ४ बजे ८० वर्षीय कामीढिण्डु लामाको उनकै बुहारी वर्ष २३ की रीता तामाङको कटाइबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार घरायसी विषयमा वादविवाद हुँदा रीताले काठको चिर्पटले ससुरा कामीढिण्डुलाई टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् ।
उनको उपचारको क्रममा आज सोमबार विहान स्थानीय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको हो । कुटपिट गर्ने बुहारी रीता तामाङ हाल प्रहरी नियन्त्रणमा छन्। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइ रहेको प्रहरीले जनाएको छ ।