• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाली नर्सलाई बेलायतीसरह अधिकार र सुरक्षा


  •   शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेपाली नर्सले बेलायतमा स्थानीइ स्वास्थ्यकर्मीसरह सुविधा र अधिकार पाउने भएका छन् ।

    Advertisement

    भदौ ६ गते नेपाल र बेलायत सरकारबीच भएको राष्ट्रिय स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीको भर्नासम्बन्धी द्विपक्षीय सम्झौतामा बेलायतमा काम गर्ने नेपाली स्वास्थ्यकर्मीको सेवा, सुविधा र अधिकारसम्बन्धी व्यवस्था बेलायती स्वास्थ्यकर्मी सरह हुने उल्लेख छ।

    सम्झौतामा हस्ताक्षर भएपछि अब नेपाली नर्सहरु रोजगारका लागि बेलायत जान पाउने भएका छन्।

    साथै रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीलाई बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायले आवश्यक तालिम प्रदान गरी रोजगारीमा पदस्थापन गर्नेछ।

    यस्तो छ, स्वास्थ्यकर्मीको नियुक्ति सम्बन्धमा नेपाल सरकार र संयुक्त अधिराज्य बेलायत तथा उत्तरी आयरल्यान्ड सरकारबीच भएको समझदारी (एमओयू) :

    नेपाल सरकार र संयुक्त अधिराज्य बेलायत तथा उत्तरी आयरल्यान्ड सरकार (छोटकरीमा यूके सरकार)

    – स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्ने इच्छा राख्दै

    – यूकेमा नेपाली स्वास्थ्यकर्मीहरुको स्वच्छ, नैतिक र दिगो रोजगारीका लागि आपसी प्रतिबद्धता पालन गर्दै

    – पारस्परिक सहकार्यका माध्यमबाट नेपाली स्वास्थ्यकर्मीहरुको व्यवस्थित र निष्पक्ष नियुक्तिको महत्वलाई विचार गर्दै

    –नेपालबाट यूकेमा नियुक्त भएका स्वास्थ्यकर्मीहरुको तालिम र विकासको प्रतिबद्धतालाई सुनिश्चित गर्ने इच्छाले

    – स्वास्थ्यकर्मीहरुको नियुक्तिमा सहकार्यमार्फत दुई पक्षबीच ज्ञान र विशेषज्ञता आदानप्रदानको महत्वलाई पहिचान गर्दै

    निम्नानुसार सहमत भएका छन्ः

    अनुच्छेद १ : उदेश्य
    दुवै पक्षले आआफ्नो मुलुकमा विद्यमान राष्ट्रिय कानुन र नियमअनुसार यूकेमा नेपाली स्वास्थ्यकर्मीको नियुक्ति र तिनलाई रोजगारी उपलब्ध गराउन प्रयास गर्नेछन्।

    अनुच्छेद २ : कार्यान्यवन गर्ने एजेन्सीहरु
    नेपालका लागि यो समझदारी पत्र कार्यान्वयन गर्ने एजेन्सीहरुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वैदेशिक रोजगार विभाग रहनेछन्। यूकेका लागि स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका प्रशासनको प्रतिनिधित्व गर्दै कार्यान्वयन गर्ने एजेन्सी डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर (यसपछि डीएचएससी भनिने) हुनेछ।

    अनुच्छेद ३ : सामान्य सिद्धान्त
    यो समझदारी पत्र कार्यान्वयनका निम्ति निम्न मार्गनिर्देशक सिद्धान्तको पालना गर्न दुवै पक्ष सहमत भएका छन्ः

    १. यूकेमा रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीहरुको नियुक्ति सहभागीहरुको विद्यमान कानुन र नियमअनुसार हुनेछ। जसमा स्वास्थ्यकर्मी र तथा सामाजिक हेरचाह गर्ने कर्मचारी नियुक्तिका सम्बन्धमा यूकेले प्रकाशित गरेका आचारसंहिता पनि सामेल छन्।

    २. कुनै पनि रोजगारदाता, भर्ती वा नियुक्तिकर्ता वा कुनै पनि संस्थाले दुवै देशमा विद्यमान कानुन र नियमविपरीत हुनेगरी नियुक्त गरिएका नेपाली स्वास्थ्यकर्मीबाट प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि तरिकाले नियुक्ति शुल्क वा रोजगारदाता एजेन्सीको खर्च उठाउने छैन। इच्छुक आवेदकले रोजगारीसँग सम्बन्धित केही खर्च तिर्नुपर्ने हुनसक्छ। तर, जो नियुक्त हुन्छन्, तिनको सम्पूर्ण खर्च सामान्यतः रोजगारदाताले परिपूर्ति गर्नेछ।

    ३. यो समग्र प्रक्रिया नेपाल सरकार र यूके सरकार (बेलायतमा सरकारी मान्यताप्राप्त एजेन्सीसमेत) ले सञ्चालन गर्नेछन्। दुवै पक्ष यो समझदारी पत्रको गरिमा र अखण्डतालाई कायम राख्न सहमत छन्।

    ४. यूके सरकारले नेपालमा नेपाली स्वास्थ्यकर्मीको संख्या बढाउन नेपाल सरकारलाई सहयोग गर्ने प्रयास गर्नेछ। त्यसका लागि नेपाल सरकार र यूके सरकारले आपसी सहमतिमा कार्ययोजना विकास गर्नुपर्नेछ।

    ५. दुवै पक्षले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा आप्रवासनसम्बन्धी यूके र विश्व स्वास्थ्य संगठनको आचारसहिंता तथा दुवै मुलुकका विद्यमान कानुनअनुसार यूकेमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुको कल्याणलाई प्रबद्र्धन गर्नेछन्। नेपाली स्वास्थ्यकर्मीलाई यूकेको नेसनल हेल्थ सर्भिसमा नियुक्त अन्य विदेशी नागरिक र बेलायती नागरिकसरह अधिकार र सुरक्षा प्रदान गरिनेछ।

    ६. यो समझदारी पत्रको सफल कार्यान्वयन यसलाई एक दिगो, विश्वसनीय र सहज द्विपक्षीय प्रक्रिया बनाउने दुवै पक्षको प्रतिबद्धतामा निर्भर छ।

    अनुच्छेद ४ : कार्यान्यवन इकाइ
    दुवै पक्ष नेपालको वैदेशिक रोजगार विभागअन्तर्गत स्थापना गरिने एक कार्यान्वयन इकाइका माध्यमबाट स्वास्थ्यकर्मी नियुक्ति प्रक्रिया सञ्चालन गर्न सहमत छन्। सो कार्यान्वयन इकाइको नेतृत्व वैदेशिक रोजगार विभागका निर्देशकले गर्नेछन्। सो इकाइ स्थापनाका लागि सम्भावित सहयोग उपलब्ध गराउन यूके सरकारसँग छलफल गरिनेछ।

    कार्यान्वयन इकाइले निम्नानुसारका काम गर्नेछः
    –नेपालबाट सुरुमा नर्स र पछि अन्य स्वास्थ्यकर्मी पनि यूकेमा नियुक्त गर्ने एउटा दिगो नियुक्ति प्रक्रिया विकास गर्ने

    – नर्सिङ र स्वास्थ्य सेवा जनशक्ति विकास र स्वास्थ्य सेवा प्रदान गर्ने सर्वोत्तम अभ्यासहरुका विषयमा नीतिगत सोचको द्विपक्षीय आदानप्रदान बढाउने।

    – यूकेको नेसनल हेल्थ सर्भिसमा भर्ती हुने नेपाली नर्स र अन्य स्वास्थ्यकर्मीको शिक्षा र तालिममा व्यावसायिक कर्मचारी र स्वास्थ्य सेवा व्यवस्थापकहरुलाई संलग्न गराउने।

    – स्वास्थ्यकर्मी नियुक्तिलाई कार्यान्वयन गर्न एक कार्ययोजना तयार गर्ने, खासगरी नर्स र अन्य स्वास्थ्यकर्मीको नियुक्ति प्रक्रियामा रहेका कमीलाई सम्बोधन गर्ने हिसाबले।

    अनुच्छेद ५ : संयुक्त प्राविधिक समिति
    ५.१ दुवै पक्ष एउटा संयुक्त प्राविधिक कमिटी स्थापना गर्न सहमत छन्। जसमा प्रत्येक पक्षबाट पाँच जनासम्म सदस्य हुनेछन्। सो समितिले निम्न काम गर्नेछः

    –नियुक्ति, स्वास्थ्य सेवा विकास र प्रदानका राम्रा अभ्यासहरु आदानप्रदान गर्ने

    – नेपाली स्वास्थ्यकर्मीहरुलाई यूकेको रोजगारीमा नियुक्ति दिलाउने क्षेत्रमा सहकार्यका अन्य तरिकाहरुको पहिचान गर्ने

    – यो समझदारी पत्रमा उल्लेख भएका प्रावधानहरुलाई लागू गर्न कार्यान्वयन प्रोटोकल तयार गर्ने

    ५.२. संयुक्त समितिको गणपुरक संख्या पुर्याउन दुवै पक्षबाट कम्तीमा एकएक सदस्य उपस्थित हुनुपर्नेछ।

    ५.३. संयुक्त समितिको बैठक वार्षिक रुपमा भर्चुअल वा व्यक्तिगत उपस्थितिमा बस्नेछ। त्यस्तो बैठक आलोपालोको आधारमा आयोजना गर्ने जिम्मेवारी दुवै पक्षको हो। आवश्यक पर्दा थप बैठक बोलाउन सकिनेछ।

    अनुच्छेद ६ : विवाद समाधान
    ६.१ यो समझदारी पत्रको व्याख्या र कार्यान्वयनका क्रममा दुई पक्षबीच उत्पन्न हुने जुनसुकै विवादलाई आधिकारिक तहमा परामर्श गरी वा संयुक्त प्राविधिक समितिमा छलफल गरी समाधान गरिनेछ।

    ६.२ रोजगारदाता र कर्मचारीबीच कुनै पनि विवाद यूकेमा प्रचलित कानुनअनुसार समाधान गरिनेछ।

    अनुच्छेद ७ : संशोधन
    यो समझदारी पत्रको पाठमा कुनै सुधार वा संशोधन गर्नुपरे दुवै पक्षको आपसी सहमतिमा गरिनेछ। जसको लिखतमा यो समझदारी पत्रका हस्ताक्षरकर्ता वा तिनका उत्तराधिकारीले हस्ताक्षर गर्नेछन्।

    अनुच्छेद ८ : विविध
    ८.१ यो समझदारी पत्र दुवै पक्षले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ।

    ८.२ यो समझदारी पत्र पाँच वर्षको अवधिका लागि प्रभावकारी रहनेछ। त्यसपछि कुनै एक पक्षले लिखित रुपमा कूटनीतिक माध्यमबाट सम्झौता अन्त्य गर्ने मनसाय व्यक्त नगरेसम्म यो स्वतः त्यति नै अवधिका लागि नवीकरण हुनेछ। सम्झौता अन्त्यको सूचना दिएको मितिले ३० दिनपछि लागू हुनेछ।

    ८.३ दुवै पक्षले अन्याथा निर्णय नगरेसम्म सम्झौताको समाप्तिले जारी क्रियाकलाप वा परियोजना पूर्ण कार्यान्वयन नहुञ्जेल कुनै असर गर्ने छैन।

    ८.४ यो समझदारी पत्र अनुसार दिइने कुनै पनि सूचना, अनुरोध वा आवश्यक सहमति लिखित रुपमा दिइनेछ।

    अनुच्छेद ९ : सञ्चारको केन्द्र
    त्यस्ता कुनै सूचना, अनुरोध वा सहमति तब प्रदान गरिएको मानिनेछ, जब सम्बोधित पक्षको मुख्यालयमा गएर आधिकारिक प्रतिनिधिलाई व्यक्तिगत रुपले नै दिइनेछ। वा त्यस्तो पक्षलाई उसको औपचारिक ठेगानामा औपचारिक हुलाक वा फ्याक्स वा इमेलका माध्यमबाट पठाइनेछ।

    नेपाल सरकारका तर्फबाट
    एकनारायण अर्याल
    सचिव– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

    संयुक्त अधिराज्य बेलायत तथा उत्तरी आयरल्यान्ड सरकारका तर्फबाट
    निकोला पोलिट
    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि महारानीकी राजदूत

    शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.