• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सहिद सरोज शर्माको छत्तिसौँ स्मृतिदिवसमा नेकपा (मसाल) को श्रद्धाञ्जली


  •   शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
  • काठमाडौँ । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को छत्तिसौँ स्मृतिदिवसको अवसरमा नेकपा (मसाल) ले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७९ भदौ ११ गते प्रेसवक्तव्य जारी गर्दै पार्टीले सहिद सरोज शर्माप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

    प्रेसवक्तव्यमा साम्राज्यवादका विभिन्न आक्रमणबाट वामपन्थी वा कम्युनिस्ट आन्दोलनको रक्षा गर्न फलामे पर्खाल झैँ खडा हुँदै आन्दोलनभित्रका सबै खराबीमाथि विजय हासिल गरेर लगातार अगाडि बढ्न सकेमा नै का. सरोज शर्माप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताइएको छ ।

    वक्तव्यमा भनिएको छ : “हामीले क्रान्तिको दायित्वलाई व्यवहारद्वारा पुष्टि गर्नका लागि सही सिद्धान्त र राजनीतिका साथै सही कार्यदिशा अपनाएर देशको राजनीतिमा सधैँ अगाडि बढ्नका लागि हाम्रो पार्टी प्रतिबद्ध छ ।”

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “आजभन्दा ३६ वर्षअगाडि हाम्रो पार्टीको आन्दोलनलाई अगाडि बढाउने क्रममा का. सरोज शर्माको हत्या भएको थियो । का. सरोज शर्माको सहादत भइसकेपछिका यी वर्षमा नेपालमा र हाम्रो पार्टीको आन्दोलनमा कैयौँ परिवर्तन र उतारचढाव आएका छन् । नेपालमा पञ्चायती व्यवस्थाका साथै राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएको छ भने जनताद्वारा निर्वाचित प्रतिनिधिबाट गठित संविधान सभाले नयाँ संविधान निर्माण गरेको छ । यी सकारात्मक पक्षसँग अन्य कैयौँ नकारात्मक पक्ष पनि नेपालको राजनीतिमा विकृतिका रूपमा देखा परेका छन् । आज सकारात्मक र नकारात्मक ती पक्षबिचको सङ्घर्षबाट नेपालको राजनीति गुुज्रिरहेको छ ।

    हाम्रो पार्टीको आन्दोलनमा पनि कैयौँ उतारचढाव आएका छन् । हाम्रो पार्टीको नेतृत्व र पार्टीसदस्यको ठुलो पङ्क्ति आन्दोलन र सङ्घर्षका अनुभवबाट खारिँदै अगाडि बढिरहेको छ । देशको राजनीतिमा हाम्रो पार्टीको ठुलो वैचारिक प्रभाव कायम रहन गएको छ । राष्ट्रियताको आन्दोलन, संविधान सभाका लागि सङ्घर्ष, सङ्घीयता विरुद्धको सङ्घर्ष, प्रतिगमन विरोधी आन्दोलनको नीतिसम्बन्धी हाम्रो पार्टीको वैचारिक प्रभावले देशको राजनीतिमा ऐतिहासिक रूपले नै महत्त्वपूर्ण भूमिका खेलेको छ । पार्टी नेतृत्वका विभिन्न तहमा अधिकांश नयाँ पुस्ता स्थापित हुन पुगेको छ । त्यसरी आज नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने ऐतिहासिक कार्यभार पूरा गर्दै हाम्रो पार्टी अगाडि बढिरहेको छ ।

    हाम्रो पार्टीको आन्दोलनका यी सकारात्मक पक्षका साथै कैयौँपटक हाम्रो पार्टीमा विभाजन आउने र कैयौँ व्यक्ति पार्टी र कम्युनिस्ट आन्दोलनबाट समेत पतन हुने जस्ता नकारात्मक पक्ष पनि अगाडि आएका छन् । लगातार आन्दोलन, वैचारिक सङ्घर्ष र देशको राजनीतिमा भूमिका खेल्ने क्रममा ती सबै उतारचढाव आउनु स्वाभाविक छ । ती सबैलाई आत्मसात गर्दै सःगौरव क्रान्तिकारी पथमा अगाडि बढ्दै आएको इतिहासलाई भविष्यमा अगाडि बढाउने ऐतिहासिक दायित्वलाई पूरा गर्न हामी प्रतिबद्ध छौँ ।

    इतिहासले हाम्रो काँधमा सुम्पिएको कार्यभारलाई पूरा गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध रहन सकेमा नै का. सरोज शर्माका देश, जनता र क्रान्तिसम्बन्धी सपना पनि पूरा हुने छन् । हाम्रो प्रिय र गौरवशाली पार्टीले सबै चुनौती र बाधामाथि विजय प्राप्त गरेर क्रान्तिकारी उद्देश्यलाई पूरा गर्ने छ भन्ने हामीलाई पूरा विश्वास छ ।

    का. सरोज शर्माका शब्दाक्षर—जो देश, जनता र क्रान्तिप्रति समर्पित थिए—देशको राजनीतिप्रति दायित्वबोध गरेर पञ्चायत कालीन कठिन घडीमा पनि पार्टीको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध थिए, ती सबै आजको समयमा युगदर्शन बनेर अभिव्यक्त भइरहेका छन् । हामीले देशको राजनीतिमा सही भूमिका खेल्दै कम्युनिस्ट सिद्धान्त र व्यवहारको रक्षा गर्ने अभियानमा महत्त्वपूर्ण योगदान दिँदै आएका छौँ र भविष्यमा पनि त्यसरी नै अगाडि बढ्ने कुराप्रति हामीले सम्पूर्ण जनतालाई विश्वास दिलाउन चाहन्छौँ । साम्राज्यवादका विभिन्न आक्रमणबाट यो आन्दोलनका रक्षा गर्न हामी फलामे पर्खाल झैँ खडा हुँदै आन्दोलनभित्रका सबै खराबीमाथि विजय हासिल गरेर लगातार अगाडि बढ्न सकेमा नै का. सरोज शर्माप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ । हामीले क्रान्तिको दायित्वलाई व्यवहारद्वारा पुष्टि गर्नका लागि सही सिद्धान्त र राजनीतिका साथै सही कार्यदिशा अपनाएर देशको राजनीतिमा सधैँ अगाडि बढ्नका लागि हाम्रो पार्टी प्रतिबद्ध छ ।

    अन्तमा हामीले का. सरोज शर्माप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।”

    शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.