शिव पन्थी, प्यूठान ।
अखिल नेपाल युवक संघ स्वर्गद्वारी नगर भेला सम्पन्न भएको छ । स्वर्गद्वारी नगर समितिको आयोजनामा शुक्रबार बहुउद्देश्यीय धर्मशाला भिङ्ग्री जलुकेमा भेला सम्पन्न भएको हो ।
कार्यक्रम युवक संघका कन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
भेलामा संघका जिल्ला अध्यक्ष कमल पौडेल, स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना, जिल्ला समन्वयन समितिका इन्द्र बहादुर ख्का, खुमा अधिकारी, वडा अध्यक्षहरू गिरबहादुर गुरुङ, बुद्धिराम पुन, अखिल (छैठौं) का जिल्ला कोषाध्यक्ष लक्षुमन पुन, राजमो नगर सदस्य शिव पन्थी लगायतले सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाले मनोज पुनको अध्यक्षतामा १३ पूर्ण २ वैकल्पिक गरी १५ सदस्यीय नगर समिति गठन गरेको छ ।
मनोज पुनको अध्यक्षता, तिलख बिष्टको स्वागत तथा द्रोण रावलको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।