• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कुर्था–जयनगर रेल सेवा : यात्रुको चाप उच्च


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • सञ्चिता घिमिरे, काठमाडौं ।
    जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन ।

    Advertisement

    दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । दुई रेल भए पनि नियमितरुपमा एउटा मात्रै सञ्चालन गर्न सकिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । उहाँका अनुसार नियमित मर्मतका लागि र एउटा रेल बिग्रँदा अर्कोले सहायता गर्नुपर्दा एउटा मात्रै नियमित सञ्चालन हुँदै आएको छ । यहाँ बसलगायतका सवारीसाधन नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति नै आकर्षित रहेका छन् । उहाँले भन्नुभयो, ‘अबका महिनामा यात्रु अझै बढ्ने भए पनि रेलको क्षमता नै कम छ ।’

    यो खण्डमा रेलको पूर्वाधार विसं २०७८ चैत १९ शुभारम्भ भएर त्यसको भोलिपल्टबाट नियमित सञ्चालन भएको थियो । ट्याक निर्माण सकिएको र रेल सेट खरिद गरेर पनि लामो समयसम्म त्यसै रहेकाले पनि तत्काल सञ्चालन गर्नु चुनौती रहेको प्रमुख झाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘झण्डै १० वर्षदेखि त्यहाँ रेल चल्न सकेको थिएन र नेपाल भारत सीमामा रेल त्यसै छोपेर राखिएको थियो ।’

    रेल खरिद पहिले नै संरचनागत सुधार गर्नुपर्ने भए पनि त्यो नगरी हतारिएर खरिद भएको प्रमुख झाले बताउनुभयो । ट्र्याक बनिसकेको र रेल खरिद भएकाले जनस्तरबाट दबाब रहेको र तत्काल सुरु गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जनशक्ति व्यवस्थापन, रेलको वास सेन्टर, फ्युल स्टेशन, वासिङ सेन्टर बनाउनुपर्नेलगायतका संरचना विकास गर्नुपर्ने थियो । तर संरचना नबन्दै रेल चलाउन थाल्नुपर्ने भयो ।’

    आजसम्म पनि रेलका विभिन्न संरचना बन्न बाँकी छ । यसअघिको व्यवस्थापनबाट भारतको कोनकोन रेल्वे कर्पोरेशन लिमिटेडसँग करार सम्झौता भएको भए पनि रकम अभावका कारण खरिद हुन नसकेको प्रमुख झाले बताउनुभयो । आवश्यक संरचना निर्माणका लागि प्रक्रिया सुरु गर्दा रेल चलाउन झण्डै चार÷पाँच महिना ढिलाइ हुनसक्ने र रेल कहिले चल्छ भनी धेरैको उत्सुकता रहेको थियो । उहाँले भन्नुभयो, ‘त्यतिबेला रेल तत्काल चलाएर आवश्यक सुधार गर्ने सोच बनाइएको थियो ।’

    अहिले धनुषा जिल्लामा पर्ने कुर्थाबाट ३४ दशमलव नौ किमी ट्याक सञ्चालनमा छ । बर्दिवासको बिजुलपुरासम्म १७ किमीमा ट्याक निर्माण सकिएर सञ्चालन गर्न हुने भएको छ । बिजुलपुराबाट बर्दिवाससम्म १८ किमीमा पनि रेलमार्ग निर्माण हुने र अबको केही वर्षपछि ७० किमी रेल चलाउनुपर्नेछ । उहाँले भन्नुभयो, ‘त्यहाँ आवश्यकता र मागका आधारमा रेल पनि सानो रहेको छ ।’

    अहिले एउटा रेलमा उभिएर र बसेर गरी झण्डै ६५० जनासम्म अटाउँछन् । अहिले कम्पनीसँग दुई थान रेल सेट रहेको छ । दुवै रेल सातामा एकएक दिन गरी दुई दिन नियमित मर्मतका लागि पठाइन्छ । आइतबार एउटा र एउटा सोमबार पठाइने गरिन्छ । मर्मतको दिनमा रेल दिनभर ‘सर्भिस सेन्टर’ हुने र चलाउन नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियमितरुपमा दुई रेल चलाउन हामीसँग तीन वटा हुनुपर्छ ।’

    रेल सञ्चालन गर्दा यात्रुबाहक रेलसँगै मालबाहक रेल आवश्यकपर्ने प्रमुख झाले बताउनुभयो । अहिले एउटा रेल दुई पटक आउने र जाने गरेकामा टिकटबाट झण्डै रु सात करोड आम्दानी हुन्छ । तीन पटक चलाउँदा बढीमा रु १० करोडसम्म आम्दानी हुनसक्ने र मालबाहक चल्दा थप रकम आम्दानी हुनसक्ने उहाँले बताउनुभयो ।

    अहिले रेल सञ्चालनका प्राविधिक कामका लागि भारतीय जनशक्ति करारमा काममा लगाइएको छ । आगामी दिनमा नेपाली जनशक्तिलाई तालिम दिएर दक्ष बनाउँदा महँगो तिरेर अरु देशबाट ल्याउनु ल्याउनु नपर्ने उहाँले बताउनुभयो ।

    त्यस्तै आफ्नै फ्युलिङ सेन्टर बनाउँदा थप २८ प्रतिशत कर तिर्नु पर्दैन भने वर्कसप बनाउँदा वार्षिक रु १० करोड जोगिन्छ । वासिङ सेन्टर झण्डै एक करोड जोगिन्छ । सरकारले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि हामीले रेल विभागमार्फत मन्त्रालयमा लिखित माग गरिएको छ ।’

    विसं २०७७ को फागुन ४ गते मन्त्रिपरिषद्ले भारतीय कम्पनीसँग सम्झौताअनुसार संरचनाका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा दिने निर्णय गरेको थियो । कम्पनीले अझैसम्म रकम नपाएको र अर्थ मन्त्रालय धाइरहेको उहाँले बताउनुभयो । अघिल्लो व्यवस्थापनले गरेको सम्झौताका लागि सरकारले रकम छुटयाएको थियो । उहाँले भन्नुभयो, ‘त्यही सम्झौताअनुसार नै पाउनुपर्ने रकम पनि म आएपछि आएको छैन ।’

    कुनै पनि संस्थालाई जुनसुकै काम गर्न सरकारले बीउ पुँजी दिने र संस्थालाई आफ्नो खुट्टामा हिँड्ने बनाउने प्रमुख झाले बताउनुभयो । यात्रुको चाप धेरै भए पनि कम्पनीसँग किन्ने पैसा नभएको उहाँले बताउनुभयो । दुई थान हुँदा एक थान मात्रै नियमितरुपमा चलाउन सकिएको हुँदा थप एक हुँदा नियमित दुई चलाउन सकिनेछ । थप एक थान यात्रुबाहक र एक थान मालबाहक रेल चाहिने कम्पनीले माग गर्दै आएको छ । उहाँले भन्नुभयो, ‘पैसा नभएपछि योजनाले मात्रै गर्न सकिँदैन । यति भए पनि नाफामा लैजान सकिन्छ ।’

    रकम निकासको माग गर्दै अर्थ मन्त्रालयमा फेरि पनि फाइल पठाइएको कम्पनीले जनाएको छ । पैसा आएपछि वर्कसप बनाउन नसकिए पनि फ्युलिङ सेन्टर र वासिङ सेन्टर बनाइने उहाँले बताउनुभयो । ती संरचना बनेपछि रु पाँच÷सात करोड जोगिन्छ । नेपाली जनशक्ति नियुक्त गर्नका लागि सङ्गठन र व्यवस्थापन (ओएण्डएम) गर्न टिम बनाएको र त्यसको फाइल मन्त्रालयमा रहेको छ । मन्त्रालयबाट स्वीकृत भएपछि काम गरेर १५÷२० दिनमै लोकसेवालाई दिइनेछ । उहाँले भन्नुभयो, ‘जनशक्तिलाई तालिम गरेपछि आफैँले गर्न सक्छ ।’

    घाटा कम गर्न आवश्यक संरचना निर्माण गर्नुपर्ने, कर्मचारी नेपाली नियुक्त गरेर तालिम दिनुपर्ने र व्यवसाय योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । अहिले टिकटबाट उठाइएको पैसा नेपाली कामदार र पेट्रोलियम पदार्थलाई पुग्ने गरेको छ ।

    विसं २०७० सम्म जयनगर–जनकपुर न्यारो गेजमा रेल सञ्चालन भएको थियो । न्यारो गेजलाई ब्रोड गेजमा स्तरोन्नति गर्न भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–वर्दिबास ७० किमी खण्डमा निर्माण सुरु भएको थियो । सो मध्ये आधा सम्पन्न भइसकेको छ ।रासस

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.