• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

छ किसान संगठनले भेटे वैद्य र मैनालीलाई


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । छ किसान सङ्गठनले आफ्ना ५९ बुँदे ज्ञापनपत्रसहित नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरण र नेकपा (माले) का महासचिव सी.पी. मैनालीसित भेट गरेका छन् ।

    Advertisement

    आफ्ना माग पूरा गर्न सरकारलाई तीनमहिने अल्टिमेटम दिएका छ किसान सङ्गठनले २०७९ भदौ ९ गते दुवै नेतासित भेट गरेका हुन् ।

    भेटका क्रममा उनीहरूले ध्यानाकर्षण पत्र पनि बुझाएका थिए ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र यस्तो छ :

    “उपर्युक्त सम्बन्धमा हामी देशका विभिन्न छओटा कम्युनिस्ट पार्टीका किसान सङ्गठनहरू नेपाली समाजको आमूल अग्रगामी राजनीतिक परिवर्तनको सङ्क्रमण कालीन चरण पार गर्दै वैज्ञानिक समाजवादको पृष्ठभूमि तयार गर्न नेपाली किसानले राष्ट्रिय-अन्तराष्ट्रिय रूपमा भोग्नु र ब्यहोर्नुपरेका गम्भीर समस्या हल हुनुपर्ने पहिलो सर्वोपरि राष्ट्रिय आवश्यकता हो भन्ने महत्वपूर्ण निस्कर्षमा पुगेका छौँ । वर्तमान चरणको नेपाली क्रान्तिको मेरुदण्ड एवम् मुख्य उत्पादक शक्ति किसानका ती ज्वलन्त समस्या सही किसिमले हल नगरी हामी वैज्ञानिक समाजवादको दिशामा एक पाइला पनि अगाडि बढ्न सक्दैनौँ भन्ने कुरा अहिलेसम्मको नेपाली जनआन्दोलनको इतिहास र विद्यमान वस्तुगत अवस्थाले प्रष्ट पारिसकेको छ ।

    सामन्ती, दलाल पुँजीवादी र साम्राज्यवादी उदार अर्थतन्त्रको माखेसाङ्लोमा परेर नाजुक अवस्थाबाट गुज्रिरहेको हाम्रो कृषिक्षेत्र र किसानलाई यस स्थितिबाट मुक्त गरेर देशलाई आत्मनिर्भर, समुन्नत र अग्रगामी दिशामा आगाडि बढाउन नेपाली कृषि र किसानले भोगिराखेका ज्वलन्त समस्या हल गर्ने ठोस कदम चाल्न ९० दिनको अल्टिमेटमका साथ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्रको रूपमा ५९ बुँदे ज्वलन्त माग प्रस्तुत गरिसकेका छौँ ।

    यस समग्र परिप्रेक्ष्यमा किसान आन्दोलनलाई सही दिशा र गति दिएर सफल तुल्याउन तपाईंले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले अग्रगामी, उन्नत र सशक्त भूमिका खेल्ने छ र सही मार्गदर्शन गर्ने छ भन्ने विश्वास हामीले लिएका छौँ । किसान समस्या सही किमिसले हल नगरिकन नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या पनि सही किसिमले हल हुँदैनन् भन्ने निचोडमा हामी पुगेका छौँ ।

    अतः तपाईंको सकारात्मक, सशक्त, सार्थक समर्थन र सहयोग यस महत्त्वपूर्ण आन्दोलनप्रति हुने छ भन्ने विश्वास हामीले लिएका छौँ र आन्दोलनले सफलता प्राप्त गर्ने छ भन्ने अपेक्षा हामीले गरेका छौँ । हामीले अघि सारेका ५९ बुँदे माग यसै पत्रसाथ संलग्न रहेको कुरा अवगत गराउँछौँ ।”

    दुवै पार्टीका नेतासितको भेटघाटमा भैरवराज रेग्मी, चित्रबहादुर श्रेष्ठ, सीताराम तामाङ, दुर्गाप्रसाद जैसी र नेकपा (एकीकृत समाजवादी) निकट किसान महासङ्घका डा. केशव खड्काको उपस्थिति रहेको थियो ।

    भेटघाटमा दुवै नेताले किसान आन्दोलनप्रति समर्थन रहेको र सो आन्दोलनलाई अगाडि बढाउनका लागि दुवै पार्टीले आवश्यक सहयोग गर्ने बताउनुभएको अप्फाका अध्यक्ष भैरवराज रेग्मीले बताउनुभयो ।

    उहाँका अनुसार छिटै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.