• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

छ किसान संगठनले भेटे वैद्य र मैनालीलाई


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • काठमाडौँ । छ किसान सङ्गठनले आफ्ना ५९ बुँदे ज्ञापनपत्रसहित नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरण र नेकपा (माले) का महासचिव सी.पी. मैनालीसित भेट गरेका छन् ।

    Advertisement

    आफ्ना माग पूरा गर्न सरकारलाई तीनमहिने अल्टिमेटम दिएका छ किसान सङ्गठनले २०७९ भदौ ९ गते दुवै नेतासित भेट गरेका हुन् ।

    भेटका क्रममा उनीहरूले ध्यानाकर्षण पत्र पनि बुझाएका थिए ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र यस्तो छ :

    “उपर्युक्त सम्बन्धमा हामी देशका विभिन्न छओटा कम्युनिस्ट पार्टीका किसान सङ्गठनहरू नेपाली समाजको आमूल अग्रगामी राजनीतिक परिवर्तनको सङ्क्रमण कालीन चरण पार गर्दै वैज्ञानिक समाजवादको पृष्ठभूमि तयार गर्न नेपाली किसानले राष्ट्रिय-अन्तराष्ट्रिय रूपमा भोग्नु र ब्यहोर्नुपरेका गम्भीर समस्या हल हुनुपर्ने पहिलो सर्वोपरि राष्ट्रिय आवश्यकता हो भन्ने महत्वपूर्ण निस्कर्षमा पुगेका छौँ । वर्तमान चरणको नेपाली क्रान्तिको मेरुदण्ड एवम् मुख्य उत्पादक शक्ति किसानका ती ज्वलन्त समस्या सही किसिमले हल नगरी हामी वैज्ञानिक समाजवादको दिशामा एक पाइला पनि अगाडि बढ्न सक्दैनौँ भन्ने कुरा अहिलेसम्मको नेपाली जनआन्दोलनको इतिहास र विद्यमान वस्तुगत अवस्थाले प्रष्ट पारिसकेको छ ।

    सामन्ती, दलाल पुँजीवादी र साम्राज्यवादी उदार अर्थतन्त्रको माखेसाङ्लोमा परेर नाजुक अवस्थाबाट गुज्रिरहेको हाम्रो कृषिक्षेत्र र किसानलाई यस स्थितिबाट मुक्त गरेर देशलाई आत्मनिर्भर, समुन्नत र अग्रगामी दिशामा आगाडि बढाउन नेपाली कृषि र किसानले भोगिराखेका ज्वलन्त समस्या हल गर्ने ठोस कदम चाल्न ९० दिनको अल्टिमेटमका साथ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्रको रूपमा ५९ बुँदे ज्वलन्त माग प्रस्तुत गरिसकेका छौँ ।

    यस समग्र परिप्रेक्ष्यमा किसान आन्दोलनलाई सही दिशा र गति दिएर सफल तुल्याउन तपाईंले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले अग्रगामी, उन्नत र सशक्त भूमिका खेल्ने छ र सही मार्गदर्शन गर्ने छ भन्ने विश्वास हामीले लिएका छौँ । किसान समस्या सही किमिसले हल नगरिकन नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या पनि सही किसिमले हल हुँदैनन् भन्ने निचोडमा हामी पुगेका छौँ ।

    अतः तपाईंको सकारात्मक, सशक्त, सार्थक समर्थन र सहयोग यस महत्त्वपूर्ण आन्दोलनप्रति हुने छ भन्ने विश्वास हामीले लिएका छौँ र आन्दोलनले सफलता प्राप्त गर्ने छ भन्ने अपेक्षा हामीले गरेका छौँ । हामीले अघि सारेका ५९ बुँदे माग यसै पत्रसाथ संलग्न रहेको कुरा अवगत गराउँछौँ ।”

    दुवै पार्टीका नेतासितको भेटघाटमा भैरवराज रेग्मी, चित्रबहादुर श्रेष्ठ, सीताराम तामाङ, दुर्गाप्रसाद जैसी र नेकपा (एकीकृत समाजवादी) निकट किसान महासङ्घका डा. केशव खड्काको उपस्थिति रहेको थियो ।

    भेटघाटमा दुवै नेताले किसान आन्दोलनप्रति समर्थन रहेको र सो आन्दोलनलाई अगाडि बढाउनका लागि दुवै पार्टीले आवश्यक सहयोग गर्ने बताउनुभएको अप्फाका अध्यक्ष भैरवराज रेग्मीले बताउनुभयो ।

    उहाँका अनुसार छिटै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.