• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित


  •   बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
  • सुशीला रेग्मी, रामपुर (पाल्पा) ।
    इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् ।

    Advertisement

    आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो । गत आवमा नागरिकता लिएकामध्ये एक हजार नौ सय ८९ पुरुष र एक हजार नौ सय ८९ महिला छन् । नियमितरुपमा कार्यालय प्रमुख बसेर सेवा दिन थालेपछि नागरिकता बनाउने बढेका हुन् ।

    पहिला–पहिला हप्ताको दुई दिन जिल्ला प्रशासन कार्यालय पाल्पाबाट टोली आएर नागरिकता वितरण गर्ने गरिन्थ्यो । अहिले दैनिकरुपमा कार्यालयबाटै सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम तानसेन जानुपर्ने झण्झट हटेको छ । दैनिकजसो कम्तीमा २० देखि ५० सम्म नागरिकता वितरण गरिने कार्यालय प्रमुख भगवान भक्त अर्यालले जानकारी दिनुभयो ।

    ‘स्थानीय तहको निर्वाचन, सङ्घ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै जानु, राष्ट्रिय परिचय पत्र वितरण लगायतले गर्दा नागरिकता बनाउन आउने बढेका छन्, गाउँमै सुविधा भएपछि उमेर पुग्ने बित्तिकै नागरिकता बनाउन आउने क्रम बढिरहेको छ’, कार्यालय प्रमुख अर्यालले भन्नुभयो ।

    उहाँका अनुसार कार्यालयबाट आव २०७८/७९ मा दुई जनालाई अंगिकृत नागरिकता वितरण गरिएको छ भने नागरिकता प्रतिलिपि एक हजार नौ सय ९६ लाई प्रदान गरिएको छ । आठ सय ७५ पुरुष र एक हजार एक सय २१ महिलाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

    नाबालक परिचय पत्र २५, राहदानी दु्रत सेवा सिफारिस १४०, आदिवासी जनजाति प्रमाणित २८९, दलित प्रमाणित ६३, मुस्लिम प्रमाणित एक, संस्था नवीकरण ३५ र २७ जनाले नामथर प्रमाणित गराएका छन् ।

    पहिला सदरमुकाम तानसेन जाने समस्याले उमेर पुगे पनि अति आवश्यक परिस्थिति नहुँदासम्म नागरिकता बनाउने कार्यमा नागरिकले चासो दिइएको पाइँदैनथ्यो । तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयले सेवा दिन थालेपछि पूर्वी पाल्पाका नागरिकलाई ठूलो राहत मिलेको छ ।

    सामान्य कामका लागि सदरमुकाम नै धाउनुपर्दा निकै सास्ती खेप्नुपर्ने तथा भनेको समयमा काम नबन्दा बास नै बस्नुपर्ने अवस्था खेपेका नागरिकले गाउँबाटै सेवा पाउँदा राहतको अनुभूति भएको सेवाग्राही ओमप्रकाश बस्याल बताउनुहुन्छ ।

    ‘बेला बेलामा कार्यालय प्रमुखविहीन, बाहिरका कार्यालय प्रमुख हुदा काम विशेष र विदाका समय अन्यत्र जाने, घर बिदाजस्ता समस्याले कार्यालयमा प्रमुख नहुँदा तानसेन नै जानुपर्थ्यो, अहिले स्थानीय कार्यालय प्रमुख भएकाले नियमितरुपमा कार्यालयमा आउने बित्तिकै सेवा पाइएको छ’, उहाँले भन्नुभयो ।

    कार्यालयमा आएको केही समयमा नै छिटो र प्रभावकारी सेवा पाउँदा चुरामणि ठाडा दङ्ग हुनुहुन्छ । यसभन्दा अघि नागरिकता बनाउन, विभिन्न कामका लागि तानसेन गएर सेवा लिन चार÷पाँच घण्टाको बाटो गाडीमा यात्रा, बासै बसेर काम सकाएर फर्कदा धेरै खर्चिलो र झमेला बेहोर्नु परेको स्मरण गर्दै अहिले सबै सेवा सुविधा गाउँमै पाएको उहाँ बताउनुहुन्छ ।

    पहाडको बाटो पानी पर्दा हिलाम्य सडक, ठाउँ ठाउँमा पहिरो खस्ने, सवारी साधन कमै मात्रामा तानसेन रामपुरका लागि गुड्थे । तानसेनमा होटलमा बास नबसी भरसक काम सकाएर एकै दिनमा फर्कन अप्ठ्यारो हुन्थ्यो । सडक व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम मोल्दै विभिन्न समस्या र बाध्यतालाई थिचोल्दै जानुपर्ने समस्या सदाका लागि पूर्वी पाल्पावासीलाई अन्त्य भएको स्थानीयवासी मोहनप्रसाद भट्टराई बताउनुहुन्छ ।

    नागरिकता बनाउन सदरमुकाम आउन जानको झण्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । आव २०७७/७८ मा वंशजको आधारमा नागरिकता लिने एक हजार ७६०, प्रतिलिपि नागरिकता ३३९, नाबालक परिचय पत्र २१, राहदानी द्रुत सेवा ७५, आदिवासी जनजाति प्रमाणित २३९, दलित प्रमाणित २५, नामथर प्रमाणित १६, संस्था नवीकरण ४३ र सैनिक बोर्डलाई अभिलेख पठाएको (भर्ती प्रयोजनार्थ) २९ रहेको कार्यालयले जनाएको छ ।

    आव २०७६/७७ मा वंशजको आधारमा नागरिकता लिने एक हजार ३७९, प्रतिलिपी नागरिकता ३७५, नाबालक परिचय पत्र २२, राहदानी दु्रत सेवा १९१, आदिवासी जनजाती प्रमाणित १०५, दलित प्रमाणित २३, नामथर प्रमाणित नौ, संस्था नविकरण ३८ तथा सैनिक बोर्डलाई अभिलेख पठाएको (भर्ती प्रयोजनार्थ) २१ रहेको कार्यालयले जनाएको छ ।

    कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१ देखि ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् । पूर्वी पाल्पाका स्थानीयलाई सेवा दिने उद्देश्यले २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गरी सेवा दिन थालेपछि नागरिकलाई धेरै सहज भएको छ ।

    शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सह–लेखापाल एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ । हाल यस कार्यालयमा स्थायी दरबन्दीमा एक कार्यालय प्रमुख, एक/एक कम्प्युटर अपरेटर र खरिदार छन् भने करारमा एक÷एक नायब सुब्बा र खरिदार तथा दुई कार्यालय सहयोगी कार्यरत छन् । रासस

    बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.