• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सम्माजनक तालमेल नभए राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्छ : नेता शर्मा


  •   बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
  • काठमाडौँ । आगामी मङ्सिर ४ गतेको हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा सम्मानजनक तालमेल नभए राष्ट्रिय जनमोर्चाले एक्लै चुनाव लड्ने बताएको छ । चुनावी तालमेलमा सहमत भएका अन्य चार दलले राजमोलाई प्रतिनिधि सभाको एक सिटमा मात्र सीमित गर्न खोजेको खण्डमा राजमोले यस्तो विकल्पमा जाने पूर्वघोषणा गरेको हो ।

    Advertisement

    यता, परिस्थिति यही रूपमा अघि बढिनसकेको राजमोका नेताहरूले बताउनुभएको छ । उहाँहरूका अनुसार सम्मानजनक चुनावी तालमेल हुने अपेक्षा अहिले पनि यथावत् छ ।अन्तिम समयसम्म प्रतिगमन विरुद्ध सङ्घर्षको रूपमा सम्मानजनक तालमेलको प्रयास जारी रहने छ ।

    २०७९ भदौ ७ गते मङ्गलबार कार्यदलको बैठकमा सहभागी हुनुभएका राजमो महासचिव मनोज भट्टका अनुसार आजको बैठकमा सिट बाँडफाँटबारे अन्तिम टुङ्गो लाग्न सकेन ।

    युगदर्शनसित महासचिव भट्टले भन्नुभयो– ‘आज कार्यदलको बैठ बस्यो । बैठकमा छलफल सकारात्मक रूपमै भयो । आशा गरौँ, कार्यदलमा सहमति हुने छ ।’

    ‘कार्यदलको बैठक भोलि भदौ ८ गते बुधबार बस्ने निर्णय भएको छ’ उहाँले भन्नुभयो– ‘भदौ ९ गतेभित्र सिट बाँडफाँट टुङ्ग्याउनै पर्ने छ । त्यसका लागि हामीले सम्पूर्ण रूपले प्रयासले गरिरहेका छौँ ।

    यसअघि नियमित कार्यदलको बैठकमा सहभागी भइरहनुभएका कार्यदल सदस्य  नेता आनन्द शर्माले प्रतिनिधि सभामा दुई सिट आफूहरूको बटम लाइन भएको बताउनुभयो । त्यस्तै, राजमोले बागलुङ, अर्घाखाँची, दाङ, गुल्मी, काठमाडौँ र डोटीमा पनि प्रदेशसभाको सिट दाबी गरेको उहाँको भनाइ छ ।

    युगदर्शनसितको कुराकानीमा उहाँले बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा प्रदेशसभाको सिटमा राजमोले खाता खोल्न चाहेको बताउनुभयो ।

    ‘राजमोको भोटका कारणले देशभरिका करिब २२ प्रतिनिधि सभा तथा प्रदेशसभाको सिटमा अन्य पार्टीले हार्ने गरेका छन्’ उहाँले भन्नुभयो– ‘यदि प्रतिगमन विरोधी मोर्चा बलियो बनाउने हो भने राजमोलाई प्रतिनिधि सभामा दुई सिट र प्रदेशसभामा कमसेकम छ सिट दिनुपर्दछ ।’
    चुनावी तालमेलका लागि बनेको ११ सदस्यीय संयुक्त कार्यदलमा रहनुभएका शर्माले प्रतिनिधि सभा र प्रदेशसभामा गरी कुल आठ सिट माग्नु राजमोको बार्गेनिङ नभएको बताउनुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाले बार्गेनिङ गर्दैन’ उहाँले भन्नुभयो– ‘यदि हामीले बार्गेनिङ गरेको भए जम्मा आठ सिटको कुरा गर्दैनथ्यौँ बरु अस्वाभाविक रूपले बढी सिट माग्थ्यौँ नि ।’

    ‘सबैलाई थाहा छ, प्युठानमा हाम्रो बलियो जनाधार छ । प्युठानमा एउटा प्रतिनिधि सभाको सिट राजमोलाई दिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘प्युठानमा जम्मा दुईओटा प्रदेशसभाको सिट भएकाले हामीले त्यहाँ प्रदेशसभाको सिट दाबी गरेका छैनौँ । यसबाट हामीले चुनावी तालमेलको सन्दर्भमा वास्तविक दृष्टिकोण अपनाइरहेको पुष्टि हुन्छ ।’

    बागलुङको सन्दर्भमा शर्माले त्यहाँको दुईमध्ये एक प्रतिनिधि सभा सिट राजमो पाउनुपर्ने दाबी गर्नुभयो ।

    ‘बागलुङ पनि हाम्रो बलियो जनाधार भएको अर्को जिल्ला हो’ उहाँले भन्नुभयो– ‘त्यहाँ हामीलाई प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा प्रतिनिधित्व चाहिन्छ । यो पनि हाम्रो अतिरञ्जित दाबी होइन भन्ने कुरा जोकसैले बुझ्न सक्छ ।’

    राजमो नेता शर्माले आफूहरूले जनआधारको वास्तविक मूल्याङ्कन गरेर नै बागलुङ र प्युठानबाहेक अन्यत्र प्रतिनिधि सभाको सिट दाबी नगरेको बताउनुभयो ।

    ‘हामीलाई हाम्रो जनाधार राम्ररी थाहा छ’ उहाँको भनाइ थियो– ‘त्यही भएर हामीले बागलुङ, अर्घाखाँची, गुल्मी, दाङ, काठमाडौँ, डोटीमा प्रदेशसभाको सिटमा दाबी गरेका छौँ ।’ उहाँले थप्नुभयो– ‘सुदूर पश्चिम प्रदेशमा पनि कतै न कतै एउटा प्रदेशसभाको सिटमा दाबी गर्ने हाम्रो योजना छ ।’

    गत चुनावमा राजमोले एउटा मात्र प्रतिनिधि सभाको सिट लिएका कारण पार्टीका कार्यकर्ताहरू असन्तुष्ट रहेको स्मरण गर्दै उहाँले यसपटक न्यूनतम दुईओटा सिटलाई बटमलाइन बनाइएको दाबी गर्नुभयो ।

    ‘हामीले गत चुनावमा प्युठानबाट मात्रै प्रतिनिधि सभाको सिटमा चित्त बुझायौँ’ उहाँले भन्नुभयो– ‘त्यसले गर्दा हाम्रा कतिपय साथीहरू असन्तुष्ट हुनुभयो । यसपटक हामीले त्यस प्रकारको गल्ती पुनरावृत्ति नगर्ने प्रयासमा छौँ ।’

    अहिले चुनावी तालमेलका सहमत भएका दलसम्बद्ध कतिपय नेताहरूले राजमोलाई प्रतिनिधि सभाको एक सिटमा मात्र सीमित गर्न खोजेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘यदि त्यस खालको परिस्थिति अहिले पनि उत्पन्न हुन्छ भने त्यस्तो अवस्थामा हामी एकल रूपमा नै चुनावमा जाने छौँ । त्यो नै हाम्रो अन्तिम र सम्मानजनक विकल्प हुन सक्ने छ ।’

    त्यस्तै, उहाँले चुनावी तालमेलका लागि गठित पाँचदलीय कार्यदलमा अहिलेसम्म सिटसम्बन्धी बाँडफाटको टुङ्गो नलागेको बताउनुभयो । बैठकमा काङ्ग्रेसले बढी सिट दाबी गरिरहेको जानकारी उहाँले युगदर्शनलाई दिनुभयो ।

    ‘मिडियामै आइसकेको छ नि, बैठकमा उठेका कुरा’ उहाँले प्रश्न गर्नुभयो– ‘कुल १६५ प्रतिनिधि सभाको सिटमध्ये काङ्ग्रेस एक्लैले १०० सिट मागेको छ । बचेको ६५ सिट माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बाँडनु कति जायज हुन्छ ?’
    उहाँले चुनावी तालमेल गर्दा मुख्य राजनीतिक विषयमा ध्यानकेन्द्रित गर्नुपर्ने बताउनुभयो । ‘यदि प्रतिगमन विरुद्धको राजनीतिलाई ध्यान दिने हो भने हामीले सिट बाँडफाटको विषयमा पनि वास्तविक आधारमा टेक्नुपर्दछ’ उहाँको भनाइ थियो ।

    अर्कोतिर, कार्यदलको बैठकमा गठबन्धनभन्दा बाहिर रहेका राप्रपा र एमालेले जितेका सिट गठबन्धन दलमाझ बाँड्ने सहमति भएको जानकारी दिनुभयो ।

    यता, कार्यदलमा अहिलेसम्म भएको छलफलको विषयलाई शीर्ष नेताको बैठकमा प्रस्तुत गर्ने समझदारी भएको पनि उहाँले भनाइ थियो ।
    राजमो नेता शर्माले भन्नुभयो– ‘यदि कार्यदलमा सहमति कायम हुन सकेन भने अहिलेसम्म भएको सहमति वा प्रगति शीर्ष नेताहरूको बैठकमा राख्ने छौँ । अन्ततः शीर्ष दलको बैठकले नै सिट बाँडफाँटको विषयमा अन्तिम टुङ्गो लगाउने छ ।’

    कुन नेता कहाँबाट उठ्ने समझदारी भएको छ ? राजमोका नेताहरू कहाँबाट उम्मेदवारी दिनुहुन्छ भन्ने जिज्ञासामा शर्माले भन्नुभयो– ‘कार्यदलले तालमेलको आधार र सिट सङ्ख्या तयार पार्ने छ । त्यसपछि मात्र नेताहरूको विषयमा छलफलले प्रवेश गर्ने छ ।’

    उहाँले राजमोले पनि हालसम्म उम्मेदवारहरूको टुङ्गो लगाइनसकेका बताउनुभयो । ‘पहिला कुन दलको कति सिट, कहाँ कहाँबाट भन्ने टुङ्गो लाग्ने छ । त्यसपछि हामीले राजमोको उम्मेदवार टुङ्गो लगाउने छौँ’ उहाँले भन्नुभयो ।

    सम्माजनक तालमेल हुन नसकेको खण्डमा भने राजमोले तत्कालै आफ्ना उम्मेदवार घोषणा गरेर अघि बढ्ने उहाँको भनाइ थियो ।

    ११ सदस्यीय कार्यदलमा राजमो जनमोर्चाको तर्फबाट शर्मा र केन्द्रीय सचिव हिमलाल पुरी हुनुहुन्छ । कृष्ण सिटौला संयोजक रहनुभएको सो कार्यदलको अन्य सदस्यमा काङ्ग्रेसबाट सञ्चारमन्त्रीसमेत रहनुभएका नेता ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा, नेकपा (माओवादी–केन्द्र) को तर्फबाट नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल तथा जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ रहनुभएको छ ।

    (युगदर्शन साप्ताहिक वर्ष १३, अंक ४२, २०७९ भदौ ८ गतेको ब्यानर)

    बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.