महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा राष्ट्रिय जनमोर्चाले सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलन आगामी कात्तिक १९ गते हुने छ ।
Advertisement
बुधबार बसेको नगर समितिको बिस्तारित बैठकले सम्मेलनको मिति तय गरेको हो । बैठकले नगर अध्यक्ष मन्जु परियारको सयोजकत्वमा १७ सदस्यीय सम्मेलन तयारी समिती गठन गरेको छ ।
कार्यक्रममा राजमो कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले मसामयिक राजनितिक अवस्थाबारे प्रशिक्षण दिनुभएको थियो भने जिल्ला सचिव लाल बहादुर कुँवरले आगामी निर्वाचनको तयारीबारे स्पष्ट पार्नुभएको थियो ।