• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

सत्ता सञ्चालन गठबन्धनसँग राजमोको सम्बन्ध छैन : केसी


  •   मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनमोर्चाको सरकार सञ्चालन गर्ने चारदलीय गठबन्धनसँग जनमोर्चाको सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    विभिन्न सञ्चारमाध्यममा ‘पाँचदलीय सत्तागठबन्धन’ भनेर आउने समाचारहरुप्रति अध्यक्ष केसीको यस्तो टिप्पणी आएको हो ।

    राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रममा अध्यक्ष केसीले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चा सरकार सञ्चालन गर्ने गठबन्धनमा छैन । हामीले सरकारमा सामेल चार दलले ल्याएका राष्ट्रघाती एमसीसी, नागरिकता विधेयक जस्ता एजेण्डामा विपक्षमा मतदान गरेका छौँ ।’

    उहाँले राजमो प्रतिगमनविरुद्धको एजेण्डामा मात्रै सत्तारुढ दलहरुसहितको पाँच दलीय गठबन्धनमा सामेल भएको पनि स्पष्ट पार्नुभयो ।

    ‘पाँच दलीय गठबन्धन केपी ओलीको प्रतिगमनविरुद्ध बनेको हो । त्यही एउटा एजेण्डामा हामी पाँच दलीय गठबन्धनमा सामेल भएका हौँ’ केसीले भन्नुभयो, ‘प्रतिगमनको खतरा अहिले पनि कायमै रहेकाले आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

    अध्यक्ष केसीले पार्टी सरकार र सत्ता गठबन्धनमा नभएकैले आफ्ना प्रष्ट एजेण्डासहित जनतामा जान सकेका छ भन्नुभयो । उहाँले राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौताहरुको खारेजी, नागरिकता विधेयक खारेजीलगायतका एजेण्डासहित जनतामा जाने पनि स्पष्ट पार्नुभयो ।

    तत्कालिन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि प्रतिगमनको खतरा औँल्याउँदै पाँच राजनीतिक दलले ओलीविरुद्ध गठबन्धन गरेका थिए । जसमा राजमो सामेल भएको थियो । तर, कांग्रेस नेतृत्वमा सरकार बनेपछि विवादित एमसीसी पास गरेका कारण राजमो गठबन्धनबाट बाहिरिएको थियो ।

    सरकार बाहिर रहेको राजमोले सरकारले ल्याएका जनविरोधी नीतिको विरोध गर्दै आएको छ । यद्यपी राजमोले निर्वाचनका लागि गठबन्धनसँग सहकार्य गरेको छ ।

    राष्ट्रिय जनमोर्चाले समसामयिक राजनीतिक परिस्थिती, प्रतिगमन र राष्ट्रियता, प्रदेश र राष्ट्रिय सभाको चुनाव तथा प्रदेशको सांगठनिक अवस्था लगायतका विषयमा सोमबार (भदौ ६ गते) गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गरेको हो । प्रशिक्षणमा बागलुङबाहेक प्रदेशका सबै जिल्लाबाट नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

    बागलुङमा यसअघि यिनै विषयमा ३ र ४ गते प्रशिक्षण सञ्चालन गरिएको थियो ।

    पोखरामा आयोजित प्रदेशस्तरको प्रशिक्षणमा महासचिव मनोज भट्ट, पूर्वसचिव कृष्ण अधिकारी, नेता अमरबहादुर थापा, प्रदेश सांसदद्वय पियारी थापा र खिमविक्रम शाही लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

    राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रविमोहन ढकाल र स्वागत राजेन्द्र गैरेले गर्नुभएको थियो ।

    मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.