काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
Advertisement
गिरिको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको अध्यक्ष केसीले बताउनुभएको छ ।
सोमबार शोक विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले भन्नुभएको छ, ‘प्रदिप गिरि एउटा बौद्धिक व्यक्तित्व, निष्ठावान समाजवादी चिन्तक, लोकतन्त्रवादी तथा नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँको मृत्युले नेपालको लोकतान्त्रिक आन्दोलनको लागि क्षति पुगेको छ । हामीले उहाँको मृत्युप्रति दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।’
कांग्रेस नेता गिरिको यही भदौ ४ गते निधन भएको हो । सादगी नेता गिरिको हिजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।