• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बा, थाम्न सकिनँ मैले तिम्रो बिडो


  •   बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
  • मीन राना

    Advertisement

    बा सकिनँ मैले
    पितापुर्खाको बिडो थाम्न
    आफ्नो खानदानको नाम राख्न ।

    यहाँ मालिकहरूका लागि र
    मजस्ताका लागि स्कुल फरक छ
    खाजा पसल फरक छ
    हरेक खजाना खरिद्ने खर्च फरक छ
    यस्ता विभेद, मेरो छोरोले देखोस् भन्न सकिनँ
    बा, मैले तिम्रो बिँडो थाम्न सकिनँ ।

    म हाँसे, हलीको छोरो पनि हाँस्छ भन्छन्
    म नाचे, हलीको छोरो पनि नाच्ने रहर गर्छ भन्छन्
    मैले अलि राम्रो कुरो गरे
    हलीको छोरोले पनि मै हुँ भन्दो रैंछ भन्छन्
    कसैलाई बिज्ला भनेर चुप लागेर बस्न सकिनँ
    बा, मैले हजुरको बिडो थाम्न सकिनँ ।

    मैले उन्नति प्रगति गर्नुहुन्न रे !
    जीवन–जगत्बारे सोच्नुहुन्न रे !
    मैले कोटमा मार हान्न अघि सर्नुहुन्न रे !
    कुनै सभामा मिठा भाषाण गर्नु हुन्न रे !
    कस्ता कस्ता कहाँ गए हलीको छोरो !….
    भनेर तल पारिन्छ
    मैले सहेजस्तै पीडा मेरो छोराले सहोस् भन्न सकिनँ
    बा, मैले हजुरको बिडो थाम्न सकिनँ ।

    मैले मिठो गाउन हुन्न रे !
    मैले कविताको बिस्कुन लगाउन हुन्न रे !
    म ढल्केर नाच्नुहुन्न रे !
    म मस्केर हाँस्नुहुन्न रे !
    मैले मान्छेको जीवन बाँच्नुहुन्न रे !
    काजी र कजिनीभन्दा जान्ने हुनुहुन्न रे !
    साहुका आफन्तले देख्नेगरी रुनुहुन्न रे !
    अड्कलेको हाँसो हाँसेर
    अड्कलेर आँशु बगाएर
    खुलेर गाउने आकाङ्क्षा दबाएर राख्न सकिनँ
    बा, मैले हजुरको बिडो थाम्न सकिनँ ।

    मेरा अपूरा सपना भनौँ वा असन्तुष्टिको के मोल ?
    मेरो रगतभन्दा
    काजी साहेबको थुक महङ्गो छ
    बा ! पसिनाले ठालुको हर पखालेर
    आँशुका भेलले ठालुको दैलो भिजाएर
    पितापुर्खाको बिडो थाम्न लागे
    यो युगले सराप्ने छ
    भावी पुस्ताले धिक्कार्ने छ ।
    समय ढिलो फेरिन्छ भनेर पर्खिरहन सकिनँ
    बा, मैले हजुरको बिडो थाम्न सकिनँ ।

    कसैलाई केही पिलाएर
    वा केही दिलाएर
    मुक्ति मिल्छ भन्ने सोच्न थालेँ भने मैले
    हाम्रा पितापुर्खाका जवानी पिएर
    पुस्तौँदेखि हाम्रा चेलीको कुमारित्व लिएर
    खै त हामी ऋणमुक्त भएको ?
    खै त हामीले सुख पाएको ?
    खै हामीले मान्छेको दर्जा पाएको ?
    यी नयाँ नयाँ खुलेका नाराका पसलले पनि
    हाम्रा लागि केही गर्लान्जस्तो लागेन
    बा, मैले हजुरको बिँडो ठाम्न सकिनँ ।

    बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.