दैलेख । नेकपा (एमाले) मा लामो समयदेखि आवद्ध दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं ५ का हिमलाल जैशी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी जैशीले नेकपा (एमाले) ले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपी जस्ता विषयमा ढुलमुले नीति देखाएको आरोप लगाउँदै एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ ।
साथै, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा निरन्तर लडिरहेको पार्टी राष्ट्रिय जनमोर्चा नै जनताको वास्तविक पार्टी रहेको ठहर गरेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा उहाँले विभिन्न भ्रममा परेर अन्य पार्टीमा सामेल नेता कार्यकर्तालाई समेत राष्ट्रिय जनमोर्चामा आवद्ध भई देश र जनताको पक्षमा भइरहेको संघर्षलाई साथ दिन आग्रह गनुभएको छ ।
जैशीलाई राजमो कर्णाली प्रदेश सदस्य नरबहादुर सिंहले सदस्यता दिएर स्वागत गर्नुभयो । साथमा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी सहभागी हुनुहुन्थ्यो ।