काठमाडौं । नेकपा एमालेका सांसद डा.भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।
Advertisement
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएकाहरुको छानबिन गर्न र उहाँले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गर्नुभयो ।
उहाँले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान बिरोधी काम गरिरहेको आरोप लगाउनु भयो ।
सांसद रावलले संविधान भन्दा गठबन्धनले गरेका निर्णयहरु हुनेभए राजतन्त्र किन समाप्त गरेको ? भन्दै प्रश्न गर्नुभयो ।