काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर एक महिला र ४ पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै, दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। तीनमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुको पहिचान भने खुल्न बाँकी छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ।