काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीनहरुलाई जग्गाका लागि ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।
Advertisement
आयोगले बुधबार सूचना प्रकाशित गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुका निवेदन दिन सूचना निकालेको हो ।
आयोगले जारी गरेको सूचनामा ४६ जिल्लाका विभिन्न स्थानीय तहलाई निवेदन दिन आग्रह गरेको छ। तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेश गर्न सूचना जारी गरेको छ।
भूमि आयोगको सूचना :
