काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिद्वारा नागरिकता विधेयक संसद्मै फिर्ता पठाएकोमा स्वागत गरेको छ ।
Advertisement
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ साउन ३० गते जारी प्रेसवक्तव्यमार्फत् पार्टीले राष्ट्रपतिको सो कदमको स्वागत गरेको हो ।
संसद्ले नागरिकता विधेयकलाई पूरै अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिइएको सो वक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ :
“राष्ट्रपतिले राष्ट्रघाती नागरिकता विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाएकोमा त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ । नेपालका लागि त्यस प्रकारको अत्यन्तै खुकुलो नागरिकता विधेयक आत्मघाती हुन्छ । त्यसलाई प्रतिनिधि सभा तथा राष्ट्रियसभाका सांसदहरूले अस्वीकार गर्न हामीले अनुरोध गर्दछौँ ।”





