• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

विश्वचर्चित लेखक रूस्दीको स्वास्थ्य सुधारोन्मुख


  •   आइतबार, साउन २९, २०७९ मा प्रकाशित
  • मेभिल (न्युयोर्क) । विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । उहाँको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन् । उहाँ बोल्न थाल्नुभएको छ । रूस्दीका साथी आतिश तासीरले उहाँले ख्यालठट्टा गर्न थाल्नुभएको सामाजिक सञ्जालमा लेखेका छन् ।

    Advertisement

    विवादास्पद ‘सटानिक भर्सेस’का ७५ वर्षीय लेखकमाथि गत शुक्रबार पश्चिमी न्युयोर्कमा आयोजित एक प्रवचन कार्यक्रममा २४ वर्षीय हादी माटरले चक्कु प्रहार गरी हत्याको दुष्प्रयास गरेका थिए । माटरले उहाँको घाँटी, पेट र हातमा चक्कुले पटक प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

    यसैबीच, आक्रमणकारी माटरले हत्या र आक्रमणको आरोपमा आफू दोषी नभएको वयान दिएका छन् भने अभियोजकले त्यसलाई पूर्वनियोजित अपराध भनेका छन् । पश्चिमी न्युयोर्कमा भएको बहसका क्रममा न्यायाधिवक्ता जेसन स्मिटले अभियुक्त हत्याको योजनाका साथ ‘फर्जी प्रवेशपत्र लिएर कार्यक्रमस्थलमा पुगेको र त्यो अग्रिमरूपमा उसलाई हासिल भएको’ बताएपछि न्यायाधीशले जमानतबिना नै उनलाई हिरासतमा राख्न आदेश दिएका छन् । कालो र सेतो पोशाक अनि अनुहारमा ‘मास्क’ लगाएको अभियुक्तलाई न्यायाधीशसमक्ष उपस्थित गराइएको थियो ।

    लेखक, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सरकारी अधिकारीले रूस्दीको साहसको सराहना गर्दै आफ्नो जीवनलाई जोखिममा पारेर उहाँले वाक् स्वतन्त्रताका निम्ति योगदान गरेको बताएका छन् । उनीहरूले रूस्दीलाई विश्वभरका सताइएका लेखक एवम् पत्रकारका प्रेरणाका पुञ्ज भएका बताएका छन् ।

    लेखक एवम् कलाकार कल पेनले रूस्दी दक्षिण एशियालीका लागि उदाहरणीय एवम् आदर्श व्यक्ति हुन् भनेका छन् । स्वतन्त्र र खुला समाजका पक्षपाति रूसदी सत्य प्रस्तुत गर्न नहिच्किचाउने साहसी सर्जक भएको उनले बताएका छन् ।

    सन् १९८१ मा प्रकाशन भएको उहाँको उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको तीक्ष्ण आलोचना गर्नुभएको थियो । उक्त कृति सार्वजनिक भएको सात वर्षपछि छापिएको सटानिक भर्सेसले उहाँलाई विश्वभर चर्चाको चुलीमामात्र पु¥याएन अपितु इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रूहोल्लाह खोमेनीले मृत्युदण्ड सुनाए । सटानिक भर्सेसले इस्लाम धर्म र पैगम्बर मोहम्मदको निन्दा गरेको आरोप छ ।(एजेन्सी)

    आइतबार, साउन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.