काठमाडौँ । काठमाडौँ तारकेश्वर नगरपालिकाको १ नं. वडामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को एकाइ समिति गठन भएको छ ।
Advertisement
अप्फाका काठमाडौँ जिल्ला अध्यक्ष केबी घले, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र राष्ट्रिय जनमोर्चा गुल्मी–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष बेगमबहादुर खड्काको उपस्थितिमा २०७९ साउन २८ गते शनिबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा तिलबहादुर गुरुङ, उपाध्यक्षमा कृष्ण खत्री, सचिवमा मनबहादुर गुरुङ र कोषाध्यक्षमा सरिता शाह रहनुभएको छ । चिरनप्रसाद रेग्मी, किरण रेग्मी, नवराज विश्वकर्मा सदस्य रहनुभएको सो समितिमा सदस्यकै दुई स्थान हाललाई रिक्त राखिएको छ ।





