बझाङ । बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।
Advertisement
बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की ५ वर्षीय छोरी र ३ वर्षीय छोरासँगै झुन्डिएको अवस्थामा बुधबार मृत भेटिएका हुन् ।
मृतक गीताका श्रीमान हिजो (मंगलबार) मात्रै भारतबाट घर पुगेको र सोही रात परिवारका तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुंगलको टोलीले घटनाका बारेमा सोधपुछ गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार थप अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।