• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

साइप्रसमै दूतावास स्थापना गर्न एकता समाजद्वारा ज्ञापनपत्र प्रस्तुत


  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
  • काठमाडौँ । साइप्रस नेपाली एकता समाजले साइप्रसमै नेपाली राजदूतास स्थापना गर्न माग गरेको छ । अहिले इजरायलस्थित दूतावासले साइप्रस मामिला पनि हेर्द आइरहेकोमा त्यसलाई अपर्याप्त ठान्दै यस्तो माग गरिएको हो ।

    Advertisement

    एकता समाजका अध्यक्ष देवेन थापाको हस्ताक्षरमा २०७९ साउन २१ गते तदनुसार अगस्त ७, २०२२ का दिन इमेलद्वारा इजरायलस्थित राजदूतावासलाई ज्ञापनपत्र पठाउँदै समाजले साइप्रसस्थित नेपालीको समस्या समाधानका लागि त्यहीँ नै दूतावास स्थापना हुनुपर्ने माग गरेको हो ।

    मुख्यतः साइप्रसस्थित नेपालीका समस्याबारे केन्द्रित रहेको सो ज्ञापनमा त्यहाँ नेपाली नागरिकहरूको मानव अधिकार, तलब, उत्पीडन विरुद्धको उपचार, राहदानी नवीकरणको समस्या, विदेशस्थिति नेपालीहरूको मताधिकार जस्ता विषय समेटिएको छ ।

    यस्तो छ, ज्ञापनपत्रको पूर्ण पाठ :
    “साइप्रस नेपाली एकता समाज साइप्रसस्थित नेपालीको सामाजिक सङ्गठन हो । साइप्रसस्थित नेपालीका समस्याप्रति महामहिम राजदूत ज्यूसमक्ष निम्नलिखित समस्याप्रति ध्यानाकर्षण गराउँदै उचित समाधानको अपेक्षा गर्दछौँ ।

    हाम्रा माग
    (१) स्वदेशमा रोजगारीको अभावमा नेपाली नागरिकहरू विश्वका अनेकौँ देशमा पुगेका छन् । त्यसै क्रममा साइप्रसमा पनि झन्डै १४,००० (चौध हजार) को हारहारीमा नेपाली श्रमिक कार्यरत छन् । म्यानपावर कम्पनीले नेपाली युवालाई विभिन्न प्रकारका आश्वासन दिएर साइप्रस पठाइरहेका छन् । अर्कातिर, अवैतनिक वाणिज्य दूतावासमा सेवाग्राहीको चाप बढ्दै जानुकासाथै कार्यालय सहयोगी पनि नभएको हँुदा अपेक्षाअनुरूप काम हुन नसकेको महसुस भएको छ । सामान्य काम राहदानी बनाउन सम्पर्क गर्दा फोनसम्म नउठेको कुरा सर्वत्र उठिरहेको छ । यसरी साइप्रसमा हाम्रो औपचारिक दूतावास नभएको हुँदा दूतावासले गर्ने काम वाणिज्य दूतावासमार्फत समाधान गर्ने सरकारको प्रयत्न रहेको छ तर त्यो पर्याप्त छैन । अतः साइप्रसमा नेपाली दूतावासको व्यवस्था गरियोस् ।

    (२) साइप्रसमा होटल, फ्याक्ट्रीलगायत घरेलु कामदारको रूपमा नेपाली कार्यरत छन् । घरेलु कामदारको रूपमा महिलाहरू पुग्ने देशमध्य साइप्रस पनि एक हो । साइप्रस युरोपभित्र पर्ने हुँदा खाडी मुलुकको तुलनामा घरेलु कामका लागि महिलाको आकर्षणको केन्द्र बन्दै गइरहेको छ तर यहाँ अन्य युरोपीय मुलुकमा सरह रोजगार, विदेशी नागरिकको हकहित, मानव अधिकारलगायतका अधिकार छैनन् ।
    नेपाल सरकार र साइप्रस सरकारबिच कूटनीतिक भूमिकालाई अझ व्यवस्थित गरी श्रमसम्झौताअनुसारको काम र कामानुसारको पारिश्रमिक तथा अतिरिक्त कामका लागि अतिरिक्त पारिश्रमिकको ग्यारेन्टी एवम् अन्तर्राष्ट्रिय श्रम कानुनबमोजिम नेपाली कामदारको हकहितको रक्षाका लागि शीघ्र व्यवस्था गरियोस् ।

    (३) नेपालबाट साइप्रसमा काम गर्न आउने, खासगरी महिलालाई आवश्यक प्रशिक्षण दिई पठाउनुपर्दछ; जस्तै : स्थानीय भाषा, सामान्य प्रचलित कानुन, कामबारे ज्ञान र सिप । त्यसका लागि नेपाल सरकारको पहलमा तालिमको व्यवस्था गरियोस् ।

    (४) साइप्रसमा नेपाली महिलामाथि रोजगारदाताबाट बलात्कार वा यौनजन्य घटना घट्ने गरेका छन् । त्यसलाई रोक्न र यस्ता घटनाका दोषीमाथि कानुनानुसार कारबाही गर्न उचित पहल गरियोस् ।
    (

    ५) काम छोडेर अर्को कामको व्यवस्था नहुँदासम्म बस्न पाउने भनेर स्थापित घरको संरक्षणकर्ताबाटै नेपाली महिलामाथि कैयौँ अन्याय भएका घटना देखा परेका छन्; जस्तै : सुरक्षाका लागि आउने गरेका दिदीबहिनीको रिलिज पेपर राखिदिने, जसले गर्दा उनीहरू स्वेच्छाले काम खोज्न नपाउने, संरक्षणकर्ताले पठाएको ठाउँमा उनीहरू बाध्यात्मक रूपमा जानैपर्ने, सो काम राम्रो नलागे वा छोड्न खोजे धम्की र यहाँसम्म कि चोरीको झुटा आरोपसम्म लगाउने गरेको पाइन्छ । संरक्षकर्ताबाट नै भइरहेको यस खालको ज्यादती तुरुन्त रोकियोस् ।

    (६) म्यानपावर कम्पनीले साइप्रस पठाउनका लागि अवैध रूपमा चर्को असुली गर्दछन् तर सुविधा उपलब्ध गराउँदैनन्, जसले गर्दा घरेलु कामदार महिला, श्रमिक एवम् विद्यार्थी शोषण तथा ठगीका सिकार हुन पुगेका छन् । त्यस प्रकारका म्यानपावर कम्पनीलाई कडा कारबाही गर्नुका साथै सरकारी पहलबाट नै पठाउने उचित व्यवस्था गरियोस् ।

    (७) साइप्रसमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको कलेजको गुणस्तर र सरकारी मान्यता हेरेर मात्रै अध्ययनका लागि अनुमति दिने व्यवस्था गरियोस् ।

    (८) साइप्रसमा घरेलु कामदारको तलब ३१४ देखि ४५० युरोसम्म हुन्छ, जो अत्यन्त न्यून छ । त्यसलाई समयानुकूल बढोत्तरीका लागि नेपाल सरकारबाट उपयुक्त पहलकदमी गरियोस् ।

    (९) नेपाली राहदानी (पासपोर्ट) बनाउँदा लिइने शुल्क अत्यन्त महङ्गो छ । साथै सो शुल्कको पारदर्शिता पनि देखिँदैन । अतः त्यसलाई सर्वसुलभ एवम् पारदर्शी बनाउन नितान्त आवश्यक छ । त्यससम्बन्धी तुरुन्त पहल गरियोस् ।

    (१०) आवश्यकताअनुसार पासपोर्ट नवीकरण गर्दा (हराएको खण्डमा), जो नेपाली रुपियाँमा एवम् अन्य देशको तुलनामा अत्यन्तै धेरै छ, राहदानीलगायत अन्य कागजात; जस्तै : सम्बन्ध–विच्छेदबारे प्रमाणीकरण, जग्गा कागजात मिलाउँदा, साथै घरेलु कामदारलाई छुट्टीमा घर जाँदा, अवैधानिक वाणिज्य दूतावासबाट श्रमस्वीकृति गर्दा चाहिने बैदेसिक रोजगारको अनुसूची–८ (निर्देशिकाको दफा १८ (१) को (घ) सँग सम्बन्धित फाराम भर्दा अवैतनिक वाणिज्य दूतावासबाट लिइने शुल्क २५ युरो अत्यधिक बढी छ । त्यति मात्र होइन, ती सबै दस्तावेज प्राप्तिका लागि शुल्क तिरेको पक्का रसिद दिने गरेको पाइँदैन । त्यसरी नेपाली श्रमिकबाट लिइने शुल्क राजस्वको हिस्सा हुँदैन । तसर्थ यी विषयमा महामहिमज्यू मार्फत ध्यानाकर्षण होस् ।

    (११) साइप्रसमा करार अवधि नसकिँदै रोजगारदाता कम्पनीहरू; जस्तै : रेस्टुरेन्ट, होटल, फार्म हाउस, कृषि र घरेलु रोजगारदाताले विभिन्न बहानामा भिसा नलगाइदिएर गैरकानुनी (इलिगल) बन्न पुगेका छन् । यदि उनीहरू काममा असन्तुष्ट भई अन्य कुनै कम्पनीमा कामको खोजी जाने चाहेमा पनि कयौँ नेपाली महिला पुरुषहरूले रिलिज पेपर पाएका हुँदैनन् । रोजगारदाताले उनीहरूलाई रिलिज पेपर नदिएर नेपाल पठाउने जस्ता गैरकानूनी धम्की दिनेसम्म गरेका धेरै मामिला विकराल रूपमा देखा पर्न थालेका छन् । श्रमिकहरूको न्याय, हक हितका लागि उनीहरूलाई ल्याउने म्यानपावर एजेन्सी र कम्पनीसँग सम्पर्क गरी समस्याको समाधान गर्न आबश्यक पहल गरिदिनुहुन अनुरोध गर्दछौँ ।

    (१२) बैदेसिक रोजगार ऐन–२०६४ मा उल्लेख भएअनुरूप विदेशमा रहेका कामदारलाई कुनै समस्या परेर स्वदेश फर्काउनुपर्दा कामदार कल्याणकारी कोषमा जम्मा भएको रकम प्रयोग गर्न सकिने भनेर उल्लेख भएबमोजिम उक्त कोषमा रहेको अरबौँ रुपैयाँ रकम आवश्यक प्रकृया पूरा गरी साइप्रसमा हाल पीडित अवस्थामा रहेका नेपालीको उद्धारका लागि प्रयोग गर्न बैदेसिक रोजगार विभाग तथा अन्य सम्बन्धित निकायसँग छलफल गरी पीडित श्रमिकको हितका लागि पहल गर्न अनुरोध गर्दछौँ ।

    (१३) साइप्रसमा कामको सिलसिलामा दुर्घटनामा परी वा अन्य कारणले अङ्गभङ्ग भएका मामिला पनि छन्, जसका लागि महामहिम राजदूत इजरायलको निर्देशिका र समन्वयमार्फत अवैधानिक वाणिज्य दूतावासबाट न्यायका न्यायिक आवाज उठाई देशको प्रचलित कानुनबमोजिम न्याय दिलाई श्रमजीवी नेपाली पीडित श्रमिकको हितमा काम गर्न तत्काल कदम चालियोस् ।

    (१४) प्रवासी नेपाली नागरिकलाई नेपालको चुनावमा मताधिकार र प्रतिनिधित्वको व्यवस्था गरियोस् ।

    महामहिमज्यू, साइप्रस नेपाली एकता समाजले साइप्रसस्थित श्रमजीवी नेपालीको हकहितका लागि न्यायिक आवाज उठाउँदै आएकोबारे यहाँहरूलाई जगजाहेर नै छ । आगामी दिनमा पनि यस्ता विषयमा नेपाली राजदूतावास इजरायललगायत अवैतनिक वाणिज्य दूतावास साइप्रस, साथै साइप्रसमा रहेका कृयाशील नेपाली सङ्घसंस्थासँग साइप्रस नेपाली एकता समाज सधैँ सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै माथि उल्लिखित विषयमा नेपाली राजदूतावास इजराइलले छिट्टै नै गम्भीर प्रकृया अगाडि बढाउने छ । साइप्रसमा रहेका नेपालीको हकहितका लागि नेपाल सरकार र साइप्रस सरकारका सम्बन्धित निकायसँग समन्वय गरोस् ।”

    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.