काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि ८५० नेपालीलाई तत्काल जापान पठाउने तयारी गरेको छ । जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकाहरु अब छिट्टै जापान जान पाउने भएका छन्।
Advertisement
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (एसएसडब्लु) प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बुधबार प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
यसअघि सन् २०१९ मार्चमा (एसएसडब्लु) प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
सो प्रणाली अन्तरगर्त जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो।





