• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र


  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • महोत्तरी । पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गएपछि पर्वअघि लगातार दुई दिनको पानी किसानको अनुहारमा खुसी छाएको हो ।

    Advertisement

    दुःखसुख रोपेको धानको रोपो खेतमा धजा फाटेर सुक्दै थियो, बर्दिबास–२ का किसान पवित्रा खड्का भन्नुहुन्छ, धन्न साउने १५ अघि पानी प¥यो र धानको रोपो फिर्ने आश जाग्यो । खेतमा रोपेको धान पानीबेगर पहेँलिदै गएपछि बिरक्तिएका जिल्लाका किसानलाई गत शुक्रबार र शनिबार साँझको वर्षा अमृत वर्षेझैँ लागेको छ ।

    वर्ष दिन गुजारा गर्नपर्ने मुख्यबाली नै पानीबेगर मर्न लाग्दा किसानलाई दुई दिन अघिसम्म साउने १५ पर्वको रमाइलो थिएन । तर लगातार पर्वअघि दुई दिन परेको पानीले रोपो फिर्ना लागेपछि अब बाली भइहाल्छ कि भन्ने आश जागेको यहाँका किसान बताउँछन् । जिल्लामा लामो खडेरीपछि गत शुक्रबार साँझ र शनिबार परेको पानीले धानको रोपोलाई अमृतकै काम गरेको किसानको भनाइ छ । लगातार दुई दिन पानी परेपछि किसानलाई साउने १५ पर्व चाड आएजस्तो बनेको ७८ वर्षीय किसान दीपबहादुर फुँयाल बताउनुहुन्छ ।

    साउन १५ लाई कृषिपर्वका रूपमा मनाइने गरिन्छ । सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन छ । तर बीउ, मल र पानीको तुक नमिल्दा किसानले यसपालि अपेक्षित धान रोपाइँ गर्न सकेका छैनन् ।

    पानी पर्याप्त भएको भए एक साताअघि नै रोपाइँ सकिन्थ्यो, के गरौँ ? आफ्ना भाग्यमा आकाश ताक्न लेखेको छ, बर्दिबास–९ टोकीटोलका किसान रामचन्द्र थापामगर भन्नुहुन्छ, जे–जस्तो होस् साउने १५ मा खेतको रोपो फिरेको हेर्न पाइएको छ, समयले साथ दिए अब केही न केही धान भित्रिन्छ । पानीले लगातार साथ दिए बाँकी रोपाइँ पनि एक साताभित्र सकिने यहाँका किसान बताउँछन् । पछिल्लो वर्षाले पर्व हासीखुसी मनाउन पाइएको किसानको भनाइ छ ।

    जिल्लामा यसपालि पहिले बीउको अभाव भएर समयमा ब्याड राख्न नपाएको, असार १५ यता पानी नपर्दा पहिलेको रोपो सुक्दै गएको र थप रोपाइँ गर्न नपाइएको र मल बजारमा नपाउँदा त्यत्तिकै खेती गर्न परेको किसानको बिलौना छ । हाम्रो हातमा केही भएन, खेतीमा सबै ईश्वरकै भर भयो, समयमा पानी पर्ने÷नपर्ने कुरा ईश्वरीय लीला बुझ्ने बर्दिबास–६ मनहरिपुरका किसान बिन्देश्वर यादव भन्नुहुन्छ, किसानलाई हेर्ने कोही भएनन्, न सिँचाइको प्रबन्ध, न समयमा बीउ मल ”

    जिल्लामा करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । तर कुलो नहरले सिँचाइ पुगेका १० प्रतिशतमात्र जग्गा हुँदा यहाँका अधिकांश खेती आकाशे पानीकै भरमा हुने गरेको छ । ठिक बेलामा पानी परी दिँदा किसानलाई त्यो नै ठूलो पर्व हुने गरेको छ ।

    अहिले पर्वको मुखमा पानी परेपछि दङ्ग परेका किसान आज मन फुकाएर पर्वको तयारीमा लागेका छन् । यो पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण एकाबिहानै जुटेका छन् । जिल्लाका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ । (रासस)

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.