काठमाडौँ । राष्ट्रिय जनमोर्चा दाङ–काठमाडौँ सम्पर्क समिति गठन भएको छ । राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माको प्रमुख आतिथ्यमा २०७९ साउन १४ गते बागबजारमा सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो ।
अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलको विशिष्ट आतिथ्य रहेको सो भेलामा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, राजमो बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापा, राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे, बागलुङ–काठमाडौँका अध्यक्ष रमेश पौडेल, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष छवि खनाल र प्युठान–काठमाडौँ सम्पर्क समितिका सहसचिव धु्रव बस्यालले मन्तव्य राख्नुभएको थियो ।
भेलाले मदन पाण्डे अध्यक्ष रहनुभएको १५ सदस्यीय राजमो दाङ–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा थानबहादुर घर्ती, सचिवमा तेजप्रसाद आचार्य र कोषाध्यक्षमा ईश्वरी कँडेल रहनुभएको छ ।
त्यसैगरी सदस्यमा गणेश आचार्य, शारदा थापा, माधव बस्याल, मीना आचार्य, शुष्मा चौधरी, हिमाल खनाल, तारा चौधरी, सागर बिटालु र कमला विक रहनुभएको छ भने सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
भेलाले काशिराम नेपाली, वसन्त गिरी, हुमलाल भण्डारी, कृष्ण थापा र काशिराम आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।
काशिराम नेपालीको अध्यक्षता तथा ताराप्रसाद चौधरीको सञ्चालनमा अघि बढेको सो भेलामा अखिल नेपाल महिला सङ्घकी कृष्णा थापाको पनि आतिथ्य रहेको थियो ।
