जुना चालिसे
हाम्रा गीतले जहिले पनि देशको माया झल्किन्छ,
देशका नेता बिकेका छन् आगो सल्किन्छ।
यसपाली नी गाउँछौ गीत तीजको लयमा,
माफी गरिदिनु होला गल्ती भएमा।
स्वागत गर्छौं जनता हजुरहरु सबैलाई,
हाम्रो गीतले चेतना फैलियोस् सबैलाई।
सडक पेटी आन्दोलनमा उत्रने छौँ हामी त,
सिन्कीको भाउ बेचिँदैछ देशको नागरिकता ।
कहिले देश चिरा चिरा पारी राछन् बेचेर,
मनमा आक्रोश हुन्छ उनको बानी देखेर।
कहिले बेच्छौ मातृभूमी आफ्नै आमा नेपाल,
नेता भए विदेशीका देश भो बेहाल ।
संघीयता एमसीसी कुनै राम्रो थिएनन,
देशलाई सुन्दर बनाउन दिँदै दिएनन् ।
दलाली र भ्रष्टचारी कुर्सी मान्यौ पीयारो,
विदेशीका गुलाम नेता दैशै बिगार्यौ।
राख्दै गयौ देशलाई जुवातासको दाउमा,
नागरिकता नी बेच्दैछौ सिन्कीको भाउमा।
सडक पेटी तताएर उठ्नै पर्छ जनता,
अझै पनि नदेखाऊ देशलाई मौनता ।
हामी पनि रहँदैनौ प्यारो देश नरहे,
देश बचाउने आन्दोलनमा एकजुट नभए ।
नेपालमा जनमोर्चा प्रवासमा मूल प्रवाह,
आजैदेखि सबै लागौं देशको रक्षामा ।
देशकै हितमा शब्द कोर्ने जनताको कलम,
उठ जुट देश भक्त हो लाल सलाम ।