• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

देशको लागि रगत बगाउनेका सन्तान मात्रै वंशजका नागरिक

" विदेशी बाबुबाट जन्मेका सन्तान विदेशी नै हुन्छन् "

  •   बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
  • राजेश विक

    Advertisement

    नागरिकता विधेयकका कतिपय प्रावधानहरु देशको हित प्रतिकूल छन् । देशहित विपरितका ती प्रावधानलाई हटाएर मात्रै संसदले अघि बढाउनु पर्छ । जस्तो कि दफा २ को उपदफा ४ को पुरै हटाउन आवश्यक छ । विक्रम सम्बत २०७२ असोज ३ भन्दा अघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पुरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भन्ने लेखिएको छ । यो देशहित विपरितको प्रावधान हो । यो वाक्यांश पुरै हटाउनुपर्छ । किनभने जन्मको आधारमा नागरिकता दिँदा धेरै विदेशीहरुले नेपाली नागरिकता लिएका छन् । ती नागरिकताहरु छानबिन गरी विदेशीहरुले लिएका नागरिकता रद्द गरी नेपालीलाई मात्र नागरिकता दिनुपर्छ ।

    यस्तै, उपदफा ६ को पुरै वाक्य हटाई मूल ऐनको विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीहरुको हकमा नेपालमा बसोबास गरेको र बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने तोकिए बमोजिम अंगीकृत नागरिकता प्रदान गर्न सकिनेछ भन्ने पहिलेकै व्यवस्था कायम गर्नुपर्छ । किनभने विदेशी बाबुबाट जन्मेका सन्तान विदेशी नै हुने हुनाले तिनका सन्तानलाई वंशजको नागरिकता दिन हुँदैन ।

    मूल ऐनको दफा ३ को १ मा भएको संशोधन कुनै पनि व्यक्तिको जन्म हुँदा बाबु र आमा नेपालको नागरिक रहेछन् भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने बनाउऔँ । वंशजको नागरिकता लिनका लागि बाबुआमा दुवै नेपाली नागरिक वंशज नै हुनुपर्ने संवैधानिक–राजनीतिक र देशको ऐतिहासिक आवश्यकता हो ।

    मूल ऐनको दफा ५ को १ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा विवाह भएको ७ वर्षपछि तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरौँ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग गरेको निस्सा पनि पेश गर्नुपर्नेछ भन्ने संशोधन गर्नुपर्ने सुझाव राख्दछु । वैवाहिक अंगीकृत नागरिकता दिँदा नेपालको जनजीवन, रहनसहन, भाषा संस्कृतिको बारेमा जानकारी हुनुपर्ने र भौगोलिक अखण्डता र सार्वभौमसत्ता बारेमा अपनत्वको भाव हुनु पर्ने भएको हुनाले यो व्यवस्था गरिनुपर्छ ।

    नेपालको हाम्रो कानुन अनुसार ‘राइट टु ब्लड’को आधारमा प्रदान गरिने कानुन हो, वंशजको नागरिकता । देशको निर्माण गर्न र सार्वभौमिकता जोगाउन जसले आफ्नो रगत बगाए, तिनका सन्तानलाई वंशजको नागरिकता दिइन्छ । जन्मको आधारमा बनेका नागरिक वा अंगीकृत नागरिकको देशको सार्वभौमिकता जोगाउन कुनै रगत बगेको हुँदैन । अंगीकृत नागरिकता भनेको सुविधा हो । यो हकको होइन । यस्तो अवस्थामा उनीहरुका सन्तानलाई कसरी वंशजको नागरिकता दिन सकिन्छ ?

    नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशी चेली सबैभन्दा पहिले राष्ट्रियता प्राप्त गर्नुपर्दछ । नेपालको संस्कृति सिक्नुपर्छ । यो देश आफ्नो हो भन्ने भावना हुनुपर्छ । अनि बल्ल उसले राष्ट्रियता प्राप्त गर्छ । राष्ट्रियता प्राप्त गरेपछि मात्रै नागरिकता प्राप्त गर्ने योग्य हुन्छ । त्यसैले सबै देशको उसले आफ्नो समयसीमा तोकेको हुन्छ ।

    तर अहिलेको यो विधेयकमा यो कुरा हटाइएको छ । त्यसैले यो विधेयक सही छैन यो त्रुटिपूर्ण छ । भारतमा विवाह गरेर गएका चेलीहरु ७ वर्षपछि मात्रै त्यहाँको नागरिकता पाउन सक्छन् भने नेपालमा विवाह गरेर आउने भारतीय चेलीहरुलाई कसरी तुरुन्तै नागरिकता दिन सकिन्छ ? यहाँ विवाह गरेर आएका भारतीय चेलीहरुलाई आउने बित्तिकै नागरिकता दिनुपर्छ भन्ने कुरा जिकिर गरिँदैछ । यस पछाडि गम्भीर राजनीतिक स्वार्थ लुकेको देखिन्छ ।

    हामीले छिमेकीबाट भौगोलिक अतिक्रमण, राजनीति अतिक्रमण, सांस्कृतिक अतिक्रमण, जनसांख्यिक अतिक्रमण भोग्दै आएका छौं । यो विधेयक लागू भयो भने देश फिजिको बाटो हुँदै बिस्तारै सिक्किमतर्फ अघि बढ्ने मार्ग प्रशस्त हुने देखिन्छ । त्यसैले यसखालको विधेयक पारित गरिनु हुँदैन ।

    २०५२ सालमा माननीय जीतेन्द्रनारायण देवको अध्यक्षतामा नागरिकता अनुगमन र कार्य मूल्यांकन आयोग गठन गरिएको थियो । त्यसका आधारमा व्यापक रुपमा विदेशीलाई नेपाली नागरिकता वितरण गरेको थियो । ५८ साउनमा सर्वोच्च अदालतमा मुद्दा पर्यो । सर्वोच्चले सरकारको सो कार्य गैरकानुनी घोषणा गर्यो । तर त्यसबारे नेपाल सरकारले अहिलेसम्म छानबिन गरेको छैन ।

    (२०७९ साउन १२ गते राष्ट्रिय सभामा सांसद तुलप्रसाद विश्वकर्मा (राजेश विक) ले व्यक्त गरेका धारणाको सम्पादित अंश । सोही दिन राष्ट्रिय सभाले नागरिकता विधेयक पास गरेको छ ।)

    बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.