काठमाडौं । रहस्यमय कथा समेटिएको बालपुस्तक ‘जादुई कमिज’ कथालय इन्कले हालै प्रकाशन गरेको छ ।
Advertisement
हरेक दिन राजकुमारीको जुत्ताको तलुवामा प्वाल पर्ने रहस्य पत्ता लगाउन राजाले चालेको कदमबारे कथामा वर्णन गरिएको छ ।
राजकुमारीले हरेक रात नयाँनयाँ जुत्ता लगाएर सुते पनि बिहान प्वाल परेपछि राजा छक्क पर्छन् र कसैले यो रहस्य पत्ता लगाए छोरीसँग उसको बिहे गरिदिने घोषणा गर्छन् ।
त्यसपछि यो काम आफूले गर्न सक्ने प्रस्ताव लिएर राजाकहाँ पुगेको मुडुले केटोको यात्रा र योजना नै कथाको रोचक पक्ष हो ।
नार पब्लिसिङले टर्किस भाषामा ‘सिहिर्ली गोम्लेक’ शीर्षकमा प्रकाशन गरेको पुस्तकलाई कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले नेपालीमा अनुवाद गरेकी हुन् । टर्किस लेखक मुस्तफा रुही सिरिनको यो कथामा ओस्मन खेहरीले चित्रांकन गरेका छन् ।