नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकतासमाज अम्वालामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न भएको छ ।
भारतस्थित नेपालीहरूको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भर्खरै प्रतिनिधी सभाद्धारा पारित नागरिकता संशोधन विधेयक विरुद्ध भारत व्यापी ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने मूल नाराका साथ सञ्चालन गरेको विरोध कार्यक्रमलाई निरन्तरता दिँदै सुदुर पश्चिमोत्तर क्षेत्रको अम्वाला नगर समितिले विरोध सभा सम्पन्न गरेको हो ।
राष्ट्रघाती नागरिकता विधेयकले देशलाई फिजी बनाउने तर्क राख्दै महत्वपूर्ण विचार राख्ने वक्ताहरूमा नगर समितिका गोपाल नेपाली, विनोद नेपाली र देवीराम शर्मा हुनुहुन्थ्यो ।
कार्यक्रम धनबहादुर खड्काको अध्यक्षतामा तथा बाबुराम भुसालको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत मन्तव्य प्रेम रसालीले गर्नुभएको थियो ।