राष्ट्रप्रेमी उठ लिपुलेकमा आगो बाल्नु पर्छ
साम्राज्यवादी सेनाहरु लखेटेर फाल्नु पर्छ
Advertisement
सुनेनन् कोही आन्दोलनको नारा र जुलुशले
अन्तराष्ट्रिय अदालतमा अब मुद्दा हाल्नु पर्छ
मधेस उठ्यो पहाड उठ्यो उठ्यो हिमाल पनि
भन्दैछन् लौ सबै मिली भारतलाई गाल्नु पर्छ
नेपाली सिमाना मिच्दा चुप लागेर सत्तामा बस्ने
दलाल सरकारलाई जह्रैबाट ढाल्नु पर्छ
राष्ट्रमै बसी राष्ट्रनै बेच्ने सासक हरूलाई
ध्वीत पार्न राष्ट्रप्रेमीले आत्मबल पाल्नु पर्छ
नवीन बस्याल (प्यूठान)
हाल जापान