बसन्त खड्का, अर्घाखाँची ।
रार्ष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । शनिबार आयोजित कार्यक्रममा राजमोले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर बिसीले जनप्रतिनिधिलाई खादा आढाएर सम्मान गर्नुभयो । सो अवसरमा उहाँले सचेततापूर्वक जनताका काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो नेता यमलाल पोख्रेल, अखिल नेपाल महिला संघका महासचिव सकुन्तला राना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसि, अखिल नेपाल महिला संघ जिल्ला सचिव कल्पना पोख्रेल, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष वसन्त खड्कालगायत नेताहरुले शुभकामना दिनुभएको थियो ।
निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट राजमो केन्द्रीय सदस्य एवम् भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा र राजमो प्रदेश सदस्य तथा जिल्ला सचिवसमेत रहेका भूमिकास्थान नगरपालिका वडा नं ४ का अध्यक्ष बाबुराम पन्थीले धारणा राख्नुभएको थियो ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता सम्पन्न स्वागत कार्यक्रमको सञ्चालन सदस्य कबिराम खनाल र स्वागत उपाध्यक्ष गोपाल पौडेलले गर्नुभएको थियो ।