• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सीमा अतिक्रमणबारे राष्ट्रसंघ जान सकिन्छ : पूर्व सांसद पुन


  •   शनिबार, पुष ०५, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर
    काठमाडौँ । अखिल नेपाल महिला संघकी अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाकी पूर्व सांसद मीना पुनले सीमा अतिक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघ जान सकिने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कतिक अभियानका काठमाडौँ जिल्ला समितिले सुरु गरेको एकमहिने कार्यक्रमअन्तर्गत शनिबार काठमाडौंको गोङ्गबुमा आयोजित सभामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    Advertisement

    ‘देश ठुलो र सानो भनेर हुँदैन’ पुनले अगाडि भन्नुभयो– ‘क्यामरुन सानो देश थियो, नाइजेरिया ठुलो देश । तर क्यामरुनले सीमा अतिक्रमणको विषय संयुक्त राष्ट्रसंघमा पु-यायो र अन्ततः आफ्नो अतिक्रमित भूमि फिर्ता पाएरै छाड्यो ।’ सर्वप्रथम कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गर्नुपर्ने, यदि भारतको प्रतिक्रिया सकारात्मक नदेखिए सीमा अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्दै संयुक्त राष्ट्र सङ्घमा जान सकिने उहाँको तर्क थियो ।

    नेपालले सीमा अतिक्रमणको सवालमा कूटनीतिक नोट पठाउनु सही कदम भएको बताउँदै उहाँले भन्नुभयो– ‘तर भारतले यस मामिलामा नेपालसित वार्ता गर्न नचाहेको देखिन्छ ।’ ‘एकातिर, राष्ट्रियताको मामिलामा देशमा राष्ट्रिय सहमति कायम भएको र अर्कातिर, केन्द्रमा दुईतिहाइ बहुमतको बलियो सरकार भएकाले भारतले सीमा विवादको सन्दर्भमा वार्ताको टेबुलमा आउन नचाहेको देखिन्छ’ उहाँको थप स्पष्टोक्ति थियो । मन्तव्यको क्रममा उहाँले लिम्पियाधुरादेखि कालापानी हुँदै लिपुलेकसम्म भारतद्वारा अतिक्रमण भएकोबारे नेपालसित ठोस प्रमाण भएकाले सरकार दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले तत्कालका लागि भारतद्वारा अतिक्रमित भूमिमा नेपाली सुरक्षाकर्मी तैनाथ गर्न सरकारसित आग्रह गर्नुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष नारायण सापकोटाले सरकारले विस्तारै विस्तारै स्वतन्त्र परराष्ट्र नीति परित्याग गर्दै गएको बताउनुभयो । ‘उत्तर कोरियाको पुँजी लगानी फिर्ता गर्ने तथा उनीहरूका नागरिकलाई नेपालबाट निस्कासन गर्नु एउटा उदाहरण हो’ सापकोटाले अगाडि भन्नुभयो– ‘लामो समयदेखि सीमा अतिक्रमण भइसकेपछि पनि भारतीय राजदूतलाई बोलाएर आफ्नो पक्ष नराख्नु वा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसित फोन वार्तासमेत नगर्नु यस्ता केही उदाहरण हुन् ।’ उहाँले परराष्ट्र नीतिको सन्दर्भमा यी कमजोरीलाई आपत्तिजनक पनि बताउनुभयो ।

    अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डेले कार्यक्रममा सम्बोधन गर्दै सीमा अतिक्रमण भएको तमाम प्रमाण हुँदाहुँदै पनि नेपाल सरकारले भारतसित सशक्त रूपमा कुरा नउठाउनुका पछाडि कतै यो सरकार भारतसामु फेरि लम्पसार पर्न थालेको त होइन भन्दै आशङ्का व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी केसीले पनि सम्बोधन गर्नुभएको थियो ।

    नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीको सञ्चालन तथा राजमो काठमाडौँका विनोद फुयाँलको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा राजमो नेता आनन्द शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे, राजमो केन्द्रीय सदस्य चिन्तामणि शर्मा र राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको पनि आतिथ्यता रहेको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्रीले ‘इङ्कलाबको नारा’ शीर्षकको कविता वाचन गर्नुभएको उक्त सभामा रक्तिमका कलाकारहरूले ‘मधेशी–पहाडी’, ‘तलमा पर्यो’, ‘साम्राज्यवादलाई परास्त गरौँ’ र ‘सामन्तले नौजाल बुन्छ’ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

    शनिबार, पुष ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.