तमघास । गुल्मीमा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्यहरू तारा थापाक्षेत्री र रामकुमार क्षेत्रीको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
२०७९ साउन ४ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेकमा सम्पन्न उक्त कार्यक्रममा रामकुमार क्षेत्रीले विश्वदृष्टिकोण र अनुशासनको बारेमा तथा वर्तमान राजीतिक परिस्थिति र गठबन्धनबारे प्रशिक्षण दिनुभएको थियो भने अर्की केन्द्रीय सदस्य तारा थापाक्षेत्रीले बजेट योजना र जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो ।
एवम् प्रकारले राजमो जिल्ला कोषाध्यक्ष टेकबहादुर केसीले जनप्रतिनिधि र राजमोमाझको अन्तरविरोधबारे छलफल चलाउनुभएको थियो । त्यसैसरी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवरले पार्टी र जनप्रतिनिधिमाझको सम्बन्धबारे प्रशिक्षण दिनुभएको थियो ।
मित्रलाल तरामुको अध्यक्षता तथा गुमानसिंह पुनको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सचिव कमल पुलामीको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा उपस्थिति सहभागीलाई हिरा तरामुले स्वागत गर्नुभएको थियो ।