काठमाडौं । सत्तारुढ दलका विद्यार्थी संगठनहरुले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
Advertisement
नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले बुधबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि ‘अवैध गभर्नर राजीनामा दे’ नारा लेखिएको ब्यानर टाँसेका थिए ।
एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले बर्खास्त गर्न माग गरेका हुन्।
गभर्नरको पार्टीमा संलग्नताबारे सदनदेखि सडकसम्म बहस चर्किएको छ ।