काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका कर्मचारीलाई नहटाउन निर्देशन दिएको छ ।
Advertisement
सोमबार जारी सूचनामा सो कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन मन्त्रालयबाट स्थानीय तहलाई निर्देशन दिइएको छ।
करार नवीकरण गर्नुपर्नेमा केही स्थानीय तहले रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई सेवाबाट हटाएको भन्दै त्यसो नगर्न मन्त्रालयले भनेको हो ।
कार्यक्रमको सुरुवातदेखि नै भर्ना गरिएका जनशक्तिलाई तलब, भत्ता र अन्य सेवा सुविधा प्रदान गरी संघीय सरकारले लगानी गरी मानव पुँजी निर्माण गरेको र यो कार्यक्रम केन्द्रीय ससर्त अनुदानअन्तर्गत सञ्चालित कार्यक्रम हो भन्नेसमेत ख्याल नगरी करार सम्झौता भंग गर्दा सरकारको उद्देश्यमै असर पर्ने सूचनामा जनाइएको छ।
