काठमाडौं । काठमाडौंको विष्णुमती र धोविखोलामा जलस्तर बढेपछि किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Advertisement
जल तथा मौसम विज्ञान विभागले यी दुई खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
सोमबार विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन भएको छ । विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटरले बढेको विभागले जनाएको छ ।
‘पछिल्लो १ घण्टा काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ । विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे १ मिटर बढेको छ’ सोमबार दिउँसो ३ बजे जारी सूचनामा भनिएको छ, ‘विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ। आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं।’
