काठमाडौँ । भारतले धौलीगंगा जलविद्युत आयोजनाको बाँध खोलेको छ । धौलिगंगाको बाँध खुलेसँगै महाकाली नदीमा पानीको जलस्तर बढेको छ ।
Advertisement
दार्चुला जिल्ला प्रशासन कार्यलयले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको साइटमा आज शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिल्ट फ्लसिङको कार्य हुने र त्यसका लागि बाँधको ढोका खोलिएको हो।
जसले गर्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई दार्चुला प्रशासनले सचेत गराएको हो।
महाकालीमा जलस्तर बढ्दा दार्चुलासहित बैतडी, डडेल्धुरा र कञ्चनपुरका तटीय क्षेत्र प्रभावित हुन्छन् ।
हेर्नुहोस् सूचना :
