• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

माननीय पियारी थापा र एक करोड रुपियाँबारे


  •   बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
  • कृष्ण अधिकारी ##
    गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा करीब १० करोड व्यक्तिका नामका ट्रस्ट र पार्क बनाउन छुटयाइएको देखिन्छ । स्वयम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुबा गोवद्र्धन शर्माका नाममा तनहुँमा खोलिएको कोषका लागि ५० लाख, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाको नाममा खोलिएको कोषमा ५० लाख जस्ता रकम सार्वजनिक भएपछि काठेखोला–४ तङग्राम बागलुङस्थित जिम्याक सांस्कृतिक सङ्ग्रहालयका लागि विनियोजित बजेट ६० लाख पनि विवादमा पर्नु स्वभाविक थियो।

    Advertisement

    माननीय पियारी थापाका अनुसार गाउँमैत्री अक्षयकोष (जिम्याक) २०६७ सालदेखि ग्रामीण भेकको कला, साहित्य तथा संस्कृतिको संरक्षणमा क्रियाशील रहँदै आएको सामाजिक संस्था हो । यसको २०६६ सालमा परिकल्पना गरिएको थियो । यसको संरचना निर्माण गर्दा यस संस्थालाई कला, साहित्य र सङ्गीतको संरक्षणका साथसाथै लामो समयदेखि द्वन्द्वरत तङ्ग्राम गाउँमा मैत्रीपूर्ण गाउँ निर्माण गर्ने उद्देश्यानुरूप यसको नाम गाउँमैत्री रहन गएको हो । २०६८ सालमा दर्ता भएर संस्थाले लगातार १० वर्षसम्म ट्यालेन्ट अफ भिलेज (टी.ओ.भी.) कार्यक्रम सञ्चालन गरेर दुर्गम गाउँमा हुर्केका प्रतिभाको खोजी गर्ने कार्य सम्पन्न गरिसकेको छ । हाल सम्म संस्थाले आफ्नो नाममा ६ रोपनी जग्गा व्यवस्थापन गरेर अहिले बृहत् सांस्कृतिक सङ्ग्रहालय निर्माण कार्यमा लागि परेको छ । यसै सन्दर्भमा यसले नेपालकै ठुलो नगरा (२८० किलो) निर्माण गरेर दर्जनौँ बाद्ययन्त्र पनि सङ्गृहित गरिसकेको छ । विश्वका सम्पूर्ण देशको प्रतिनिधि वाद्ययन्त्र र नेपालका सम्पूर्ण वाद्ययन्त्र सङ्गृहित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्य संस्थाले लिएको छ ।

    उपर्युक्त भनाइबाट यो संस्था विगतदेखि नै चल्दै आएको देखिन्छ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा रहेका बेला २०७७/७८ को बजेटमा यस संस्थालाई रु १० लाख विनियोजन भएको पाइन्छ । त्यसैको क्रमागत रूपमा मुख्यमन्त्री कृष्णचन्द्रको पालामा २०७८/७९ को बजेटमा रु. ५० लाख विनियोजन भएको रहेछ ।

    २०७८/७९ को बजेटमा एउटा गाउँको संस्थालाई यति ठुलो रकम विनियोजन भएपछि तङ्ग्रामको स्थानीय पार्टीको ध्यानाकर्षण भएको थियो र उसले प्रदेश कमिटीलाई पत्राचारसमेत गरेको थियो । प्रदेश कमिटिले यसबारे केन्द्रलाई जानकारी गराएको थियो । पछि केन्द्रको आयोगले घटनास्थल पुगेर विवरण लिएपछि उक्त संस्थाको अध्यक्ष स्वयम् माननीय पियारी थापाका पति हेमराज आश्रम रहेकाले उक्त संस्थाको ओपचारिक भेला बोलाई नयाँ अध्यक्ष चयन गर्न निर्देश गरेको थियो ।

    उपर्युक्त विनियोजित रकमबाट तेस्रो तलाको हवाइ ढलान पूरा भएको बताइएको छ । २०७९/८० को बजेटमा पनि उक्त भवन सम्पन्न गर्नका लागि केही रकम विनियोजित गर्न स्थानीय तहबाट माग भई आएको कुरा पार्टीलाई अवगत थियो । यत्ति नै बजेट विनियोजन हुन्छ भन्ने कुरा कुनै जानकारी थिएन ।

    बजेट छलफलको क्रममा करिब १० करोड व्यक्तिका नामका ट्रष्ट र पार्कमा खर्च गर्ने देखिएको र जनस्तरबाट त्यसको व्यापक विरोधपछि मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्तिमा “आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताको क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्रीज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नु भएको छ” भनिएको छ ।

    उक्त प्रेसविज्ञप्तिलाई ध्यानमा राख्दै प्रदेश पार्टीले जिम्याकको नाममा विनियोजित रकमलाई प्राथमिकताका क्षेत्रमा खर्चिन माननीय पियारी थापालाई पनि निर्देश गरिसकेको छ । माननीय प्यारी थापाले पनि प्रदेश संसदमा उक्त रकम स्थानीय स्वास्थ्यचौकीमा विनियोजन गर्न माग गरिसक्नुभएको छ।

    राज्यबाट विनियोजित हुने रकम राज्यका सबै ठाउँको समानुपातिक विकासमा खर्चिनुपर्दछ भन्ने आम नागरिक र हाम्रो पनि माग हो । पहुँचका आधारमा आफ्नो जिल्ला, निर्वाचन क्षेत्र र विभिन्न व्यक्तिका नाममा खोलिएका विभिन्न कोषमा रकम विनियोजन गर्ने संस्कार र पद्धतिका विरुद्ध आवाज उठ्नुपर्दछ र त्यसलाई निरुत्साहित गराउनुपर्दछ भन्ने कुरामा हामी प्रष्ट छौँ । बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापनापछि पनि राज्यको बजेटमा सत्तासिन र पहुँचवालाको कहिले उपचारका नाममा, कहिले भ्यु टावर र व्यक्तिगत एनजिओमा खर्च हुँदै आएको सन्दर्भमा गण्डकी प्रदेशले गरेको बजेटमा दुरूपयोग त्यसैको सिलसिला हो । यसलाई त्यसै रूपमा मैले बुझेको छु ।

    विगत पाँच वर्षमा माननीय पियारी थापाले प्रस्तुत गरेका कार्यक्रममा करोडौँको रकम विनियोजन भए होला । त्यसको पारदर्शिता छानबिन गर्न उहाँ जिम्मेवार भएकाले उहाँ तयार हुनुपर्दछ । साथै जिम्याकमा हालसम्म विनियोजन भएर कार्यान्वयनमा आएको ६० लाखको हिसाबकिताब उहाँको व्यक्तिगत खल्तीमा छ वा कार्यस्थलमा खर्च भएको छ ? सम्बन्धित निकायमा खोजबिन गर्न सकिने छ।

    जिम्मेवार प्रतिपक्ष र केही पूर्वाग्रही सोचबाट माननीय पियारी थापाले एक करोड रुपियाँ स्याहारेको भन्ने कुरा छ, उहाँको पनि चासो रहेको संस्थामा बढी लगाब हुन जानुमा केही कमजोरी रहे होलान् तर उहाँमाथि लगाइएको एक करोडको हल्ला निराधार छ ।

    बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.