इन्द्रमणि पाण्डे, बागलुङ ।
राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेशका तत्कालिन सांसद टेकबहादुर घर्तीको शालिक स्थापना गरिएको छ ।
ढोरपाटन नगरपालिका वडा नं ५ स्थित शिवालय माध्यमिक विद्यालयमा घर्तीको शालिक अनावरण गरिएको हो ।
राजनीतिज्ञ तथा समाजसेवी घर्ती बागलुङ जिल्लामा अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो । उहाँ २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेश सभामा बागलुङ निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित हुनुभएको थियो ।
२०७५ साल मंसिर २७ गतेका दिन उपचारकै शिलशिलामा मृत्यु भएका घर्तीको सम्झनामा बुधवार शालिक अनावरण गरिएको हो ।

सो अवशरमा बोल्दै ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायतले घर्तीको सपना पुरा गर्नको लागि ढोरपाटन तथा अन्य क्षेत्रको शिक्षा स्वास्थ्य तथा अन्य क्षेत्रको विकासमा ध्यान दिनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
कायतले टेक बहादुर घर्ती पश्चिम बागलुङकै चम्किलो नक्षत्र भएको भन्दै उहाँको सधैँ अभाव रहने धारण राख्नुभएको थियो ।
कार्यक्रममा सुनमाया घर्तीले टेक बहादुर घर्तीको व्यतित्वको बारेमा जानाकारी गराउनुभयो ।
टेक बहादुर घर्तीले बागलुङ क्षेत्र नं २ मा शिक्षा स्वास्थ्य खानेपानी विधुत लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको थियो भने करिब २० वर्ष शिवालय माध्यमिक विद्यालयको व्यवस्थापन समितीको अध्यक्ष बनेर काम समेत गर्नुभएको थियो ।
सो अवशरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, नेकपा एमाले जिल्ला सचिवालय सदस्य करमती पुन, अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष दुर्गा भण्डारी, शिवालय माध्यमिक विद्यालयका शिक्षक विद्यार्थी तथा अभिभावक, ढोरपाटन नगरकार्यपालिका सदस्य कुल बहादुर छन्त्याल, निम कुमारी भण्डारी, वडा सदस्य नरमती पुन लगायतको उपस्थित रहेको थियो ।
शालिक निर्माणमा गण्डकी प्रदेश सरकार र घर्ती परिवारको संयुक्त लगानी रहको समेत जानकारी गराइएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर घर्तीको अध्यक्षता तथा शिक्षक प्रसान्त घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
श्याम प्रसाद घर्तीको माइला छोराको रुपमा टेकबहादुरको जन्म २०२८ साउन ५ गते भएको थियो ।