• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाललाई चिनियाँ नेताको सन्देश : अमेरिकालाई अनावश्यक प्रभाव बढाउन नदेउ


  •   बुधबार, असार २९, २०७९ मा प्रकाशित
  • काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ यतिबेला चारदिने नेपाल भ्रमणमा छन् । चारदिने नेपाल भ्रमणका क्रममा लिउले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरिसकेका छन् भने आज राष्ट्रपतिसँग भेटेर स्वदेश फर्किंदैछन् ।

    Advertisement

    नेपालमा अमेरिकाको प्रभाव बढ्दै चिनियाँ उच्च नेताको भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेपालमा एक पछि अर्को गर्दै अमेरिकी उच्च अधिकारीको भ्रमण भइरहेको सन्दर्भमा सरकारले संसदमार्फत विवादित अमेरिकी सहयोग एमसीसी पास गरेपछि नेपालको असंलग्न परराष्ट्र नीति छोडेको र नेपाल अमेरिकी ध्रुवमा सामेल बनेको विश्लेषण गर्न थालिएको छ ।

    अमेरिकाले नेपाललाई एमसीसीमार्फत हिन्द प्रसान्त रणनीतिको अंग बनाउन प्रयत्नरत रहेकै अवस्थामा सैन्य रणनीतिसँग सिधै जोडिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाली सेनाले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएको छ ।

    यद्यपी सरकारले एसपीपीबाट नेपाल अलग रहने घोषणा गरेको छ, अमेरिकाले चीनलाई घेर्ने र कमजोर बनाउने रणनीति अन्तर्गत सञ्चालन गरेको हिन्द प्रशान्त रणनीतिको नेपाललाई एउटा हिस्सा बनाउन चाहन्छ । नेपालमाथि अमेरिकाले गरेको लगानी र बढाउँदै गएको प्रभाव चीन विरुद्ध लक्षित देखिन्छ । यस्तो अवस्थामा नेपालको अमेरिकी झुकावले उत्तरी छिमेकी चीन सशंकित बनेको छ ।

    नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले नेताहरुसँग अमेरिकाई प्रभाव बढाउन नदिन र नेपालबाट हुने चीन विरोधी गतिविधि बन्द गर्न सन्देश दिएका छन् । नेपालका सबै दल राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका सवालमा एकठाउँ उभिउन् भन्ने चाहना चिनियाँ नेताले व्यक्त गरेका थिए। ‘नेपालका राजनीतिक दलले आफ्नो निर्णय आफैं लिन सकुन् । त्यसमा हामी पनि हस्तक्षेप गर्दैनौं र कुनै पनि बाह्य शक्तिले पनि त्यसो नगरुन्’ अमेरिकाको पछिल्लो समय बढेको सक्रियातर्फ इंगित गर्दै उनले भनेका थिए।

    नेताहरुसँगको भेटमा चिनियाँ नेता लिउले अमेरिकाले हिन्द प्रशान्त रणनीति अघि सारेर चीनलाई घेर्न खोजेको बताएका थिए। त्यसक्रममा लिउले नेपालले कुनै पनि सैनिक गठबन्धनमा सहभागी नहुने निर्णय गरेको स्वागत गरेका थिए। यस्तै, चिनियाँ नेता लिउले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटका क्रममा नेपालका सबै दलसँग चिनियाँ कम्युनिस्ट पार्टीले समान हिसाबले सम्बन्ध राख्ने नीति लिएको बताएका थिए।

    ‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा सम्पर्क स्थापित गरेको पहिलो पार्टी नेपाली कांग्रेस नै हो। हामी अबका दिनमा पनि कांग्रेससंँग रणनीतिक सम्पर्क स्थापित गर्न चाहन्छौं। विश्वासिलो सम्बन्ध राख्न चाहन्छौँ’ लिउले प्रधानमन्त्री देउवासँग भनेका थिए। चीनले वाम दलसँगै कांग्रेसलाई पनि विश्वासमा लिन चाहेको सन्देश दिएको कांग्रेस नेताहरुको बुझाइ छ। अमेरिकाले नेपालमा बढाउन खोजेको आफ्नो प्रभावलाई काउन्टर गर्न वामशक्तिसँग मात्र नभई कांग्रेससँग पनि चिनियाँ कम्युनिस्ट पार्टीले सम्बन्ध बढाउन खोजेको विश्लेषण गरिएको छ ।

    त्यसका साथै लिउले नेपालका प्रमुख वामपन्थी शक्तिहरुलाई मिलेर जान पनि सुझाव दिएका छन् । लिउले एमाले, माओवादी र समाजवादीलाई मिलेर अघि बढ्न सुझाव दिएका छन् । नेपाल भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर वाम एकताको चाहना प्रकट गरेका हुन् ।

    सोमबार र मंगलबार भएका भिन्नाभिन्नै भेटमा चिनियाँ नेता लिउले वामपन्थी शक्तिबीचको एकता भए ‘चीनलाई राम्रो लाग्ने’ बताएको भेटमा सहभागी नेताहरुले जनाएका छन् ।

    नेपालमा संसदीय चुनाव नजिकिँदै गर्दा चीनले नेपालका वामपन्थी दललाई मिल्न पहल गरिरहेको हुनसक्ने चर्चा भएका बेला चिनियाँ नेता लिउले ठूला वामदल मिलेको हेर्न चाहेको चिनियाँ चाहना अभिव्यक्त गर्नुलाई अर्थपूर्ण मानिएको छ।

    बुधबार, असार २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.