काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले संघीयता खारेजी गर्नु अहिले अग्रगामी कदम हुने बताउनुभएको छ ।
Advertisement
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले शक्तिशाली स्थानीय तह भएपछि प्रदेश किन चाहियो भनि प्रश्न पनि गर्नुभएको छ ।
यस्तै उहाँले राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाउन र प्रतिनीधिसभालाई प्रत्यक्ष निर्वाचित मात्र बनाउन सुझाव दिनुभएको छ ।
‘एक दुई संघीयताका फण्डिते पण्डितका गुनासो सुनियो–यो गयो भने खतमै हुन्छ रे’ बास्कोटाले भन्नुभएको छ, ‘तर शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ? बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔँ र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित मात्रको बनाऔँ। अग्रगामी कदम नै यही हो।’

यो पनि : प्रदेश संरचना घाँडो भो, खारेज गरौँ : निरु पाल