• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

यसरी बदलिँदैछ नेपालको राजनीतिक शक्ति सन्तुलन


  •   बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
  • बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भयो । सहमति अनुसार प्रदेश २ बाट निर्वाचित हुने ४ सिट दुबै दलले भागबण्डा गर्नेछन् । सत्तारुढ नेकपा र तराई केन्द्रित दल राजपाबीचको यो तामेलसँगै नेपालको राजनीतिक शक्ति सन्तुलन बदलिन सक्ने आँकलन गरिएको छ ।

    Advertisement

    प्रदेश २ को सरकार परिवर्तन
    अहिले केन्द्रमा नेकपाको करिब दुई तिहाई बहुमतसहितको बलियो सरकार छ । सात प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाकै एकलौटी सरकार छ । स्थानीय तहहरुमा पनि बलियो पकड छ । तर, प्रदेश २ मा नेकपा सत्ताबाहिर छ । त्यहाँ समाजवादी दलको नेतृत्वमा राजपा सरकारमा छ ।

    नेकपा र राजपाबीच राष्ट्रिय सभाका लागि भएको सहमतिको अन्तर्यमा प्रदेश २ को सरकार बदलिने स्पष्ट संकेत देखिन्छ । प्रदेश २ मा नेकपाले सरकारमा जान यसअघि देखि नै प्रयत्न गर्दै आइरहेको थियो । तर, राजपा र समाजवादीबीचको गठबन्धनका कारण त्यो सम्भव भएको थिएन । तर, अब राजपासँग भएको तालमेलअनुसार प्रदेश सरकार निर्माणका लागि नेकपाले प्रयत्न गर्नेछ । नेकपा उच्च स्रोतका अनुसार राजपालाई सरकारको नेतृत्व दिएर नेकपाले सरकार बनाउने छ ।

    उपसभामुख राजपालाई
    अहिले प्रतिनिधि सभामा सभामुख पद खाली छ । खाली भएको सभामुख पदमा संसदको आगामी अधिवेशनमा निर्वाचन हुनेछ । संसदमा सभामुख र उपसभामुख दुबै पद एकै दलले लिन संविधान बाधक छ । नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये एक पदमा आफ्नो दाबी गर्दै आइरहेको छ । तर, कांग्रेसलाई ति पद दिन नेकपा इच्छुक छैन । त्यसकारण आफूले सभामुख पद लिएर उपसभामुखमा सहयोगी दल राजपालाई दिने गरी यी दुई दलबीच आन्तरिक सहमति भएको स्रोतको दाबी छ ।

    राष्ट्रियसभामा कांग्रेस अझै कमजोर
    राष्ट्रियसभामा कमजोर उपस्थिति रहेको विपक्षी कांग्रेसलाई राष्ट्रियसभा चुनाव सुखद नहुने निश्चित देखिएको छ । खाली हुन लागेको १८ सिटमा निर्वाचन आयोगले आगामी माघ ९ मा चुनाव तोकेको छ । १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ । पदावधि सकिन लागेका सांसदमा कांग्रेसका ७ नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) एक जना छन्।

    राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । खाली हुने चारमध्ये दुई दुई सिट लिने नेकपा र राजपाबीच सहमति भएको छ । सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ । यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ ।

    यसले नेकपालाई एक सिट लाभ हुनेछ । किनकी अहिले खाली हुन लागेको चारमध्ये एक सिट मात्र उसको थियो । दुई राजपा र एक सिटमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । राजपाले दुई सिट जोगाउँदा कांग्रेसले गुमाएको छ ।

    यसपटक प्रत्येक प्रदेश (क्लस्टर) बाट एकएक जना निर्वाचित हुनेछन् । प्रदेश २ बाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत छ। राष्ट्रियसभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो ।

    मधेशवादी दलहरुबीचको अन्तरविरोधमा खेल्दै नेकपा
    मुख्य मधेशवादी दलहरु समाजवादी दल र राष्ट्रिय जनता पार्टीबीच निरन्तर अन्तरविरोध रहँदै आएको छ । यी दुई दलबीच विचार र सिद्धान्त भन्दा पनि सरकारमा सहभागिता वा दलगत फाइदाका लागि अन्तरविरोध हुने गरेको छ । प्रायः जसो राजपा सरकारमा भए समाजवादी विपक्षमा र समाजवादी सरकारमा गए राजपा बाहिरै बस्ने गरेका छन् ।

    यी दुई दलबीचको अन्तरविरोधलाई नेकपाले राम्रैसँग उपयोग गरेको छ । अहिले समाजवादी दल सरकारमा छ । तर, सरकारका उपप्रधानमन्त्री रहेका उपेन्द्र यादवलाई थाहै नदिइकन प्रधानमन्त्री ओलीले मन्त्रालय सरुवा मात्रै गरिदिएनन् उनको दलका स्वास्थ्यराज्यमन्त्रीलाई बर्खास्त नै गरिदिए । यति अपमान सहेरै पनि उपेन्द्र यादवले ‘प्रधानमन्त्रीले धेरै माया गर्नुहुन्छ’ भन्दै सरकारमा टाँसिईरहे । जबकी उनको दलभित्र बाबुराम भट्टराई लगायतका बरिष्ठ नेताहरुको मत सरकार छोड्नुपर्छ भन्ने छ । तर, ति सबैलाई वेवास्ता गर्दै उपेन्द्र सरकारमै टाँसिइरहनुको अर्थ राजपा सरकारमा नआओस् भन्ने नै हो ।

    राजपा र समाजवादी दलबीच एजेण्डा मिल्छ । यी दुबै दलले भारतीय स्वार्थ अनुसार नै संविधानमा संशोधनका लागि निरन्तर दबाब दिँदै आएका छन् । तर, यीनीहरुबीचको अन्तरविरोधका कारण त्यो माग पुरा हुन सक्ने गरी सरकारलाई दबाब दिन सक्ने हैसियत छैन ।
    अर्कोतर्फ प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले देश टुक्राउन खोज्ने सिके राउतलाई निकै महत्वका साथ राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गराए । उनीहरुको उद्देश्य राजपा र समाजवादी दुबै दललाई टक्कर दिने गरी मधेशमा अर्को दलको उदय होस् भन्ने थियो । तर, सिके राउतको ‘जनमत पार्टी’ले खासै जनमत बटुल्न नसकेको उपनिर्वाचनले देखायो । तैपनि राउतको उदय राजपा र समाजवादीलाई चुनौती भने पक्कै हुनेछ ।

    जे होस् नेकपा र राजपाबीच राष्ट्रिय सभा सदस्य पदका लागि भएको सहमतिले राष्ट्रिय राजनीतिका केही परिदृश्यहरु अवश्य बदलिने छन् ।

    बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.