• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सरकारद्वारा विभिन्न विधाका स्रष्टा र सर्जक पुरस्कृत


  •   आइतबार, असार २६, २०७९ मा प्रकाशित
  • काठमाडौँ । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ ।

    Advertisement

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ असार २६ गते आइतबार विभिन्न स्रष्टालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्बजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरेको हो ।

    मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ । ती सबै पुरस्कार पर्यटन मन्त्रालयद्वारा आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहबिच प्रधानमन्त्री शेरबहादुर देउवाले वितरण गर्नुभयो । जनही रु एक लाख राशिको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार विभिन्न विधाका चार स्रष्टालाई प्रदान गरिएको छ ।

    भाषा एवम् साहित्य विधातर्फ सङ्खुवासभाका सोमराज अभय (कट्टेल), संस्कृति विधातर्फ काठमाडौँका डा रमेश ढुङ्गेल, ललितकला विधातर्फ झापाका हेम पौड्याल र सङ्गीत तथा नाट्य विधातर्फको पुरस्कार हरिवंश आचार्यलाई प्रदान गरिएको छ । उहाँहरुलाई नगदसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ ।

    जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कारबाट भाषा एवम् साहित्य विधामा धनकुटाका डा यज्ञेश्वर निरौला, जनकपुरका अयोध्यानाथ चौधरी, धादिङका डा हरिप्रसाद सिलवाल, पर्वतका डा बालकृष्ण अधिकारी, अर्घाखाँचीका विष्णुबहादुर सिंह र दैलेखका बखत्बहादुर थापा सम्मानित हुनुभएको छ ।

    त्यस्तै, संस्कृति विधातर्फ ओखलढुङ्गाका डा लाल श्याँकारेलु रापचा, जनकपुरका विजय किशोर पाण्डेय, काठमाडौँका जुनु मैयाँ बासुकला, लमजुङका लालबहादुर भुजेल, दाङका डा राजकुमार सुवेदी, दैलेखका नारायणप्रसाद तिमिल्सेना र डोटीका डा त्रैलोक्यनाथ जोशी पुरस्कृत हुनुभएको छ ।

    ललितकला विधामा क्रमशः छितेन शेर्पा (झापा), पुनम कुमारीदेवी (महोत्तरी), जवीन राजोपाध्याय (काठमाडौँ), तिलकप्रसाद पुन (पोखरा), खेमबहादुर विक (रुपन्देही), कोशलकुमार हमाल (मुगु) र महेन्द्र पुनमगर (डडेलधुरा) लाई पुरस्कृत गरिएको छ ।

    सङ्गीत तथा नाट्यविधामा प्रादेशिक प्रतिभा पुरस्कार सुगम पोखरेल (मोरङ), रामनारायण ठाकुर (जनकपुर धाम), नवीन पौडेल (काठमाडौँ), केशरी घर्तीमगर (पोखरा), उन्नति बोहरा (रुपन्देही), उत्तम शर्मा (उत्तरगङ्गा ) र अम्बरबहादुर लामा (डोटी) पुरस्कृत हुनुभएको छ ।

    मन्त्रालयले महाकवि देवकोटा पुरस्कार–२०७८ बाट कविता÷काव्य विधामा डा बेञ्जु शर्मा (काठमाडौँ), निबन्ध÷समालोचनामा रामकुमार श्रेष्ठ (तनहुँ), खद्दाखना/नाटकतर्फ डा पुष्करराज भट्ट (कैलाली), बालसाहित्य/लोकसाहित्यमा विजय चालिसे (काठमाडौँ) र भाषासाहित्य विधामा आरडी प्रभास चटौत (डडेल्धुरा) लाई पुरस्कृत गरिएको छ ।

    त्यस्तै, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७८ बाट पुरस्कृत हुनुहुनेमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, काठमाडौँका खगेन्द्र सङ्ग्रौला र जुम्लाका डा गोविन्द नेपाली हुनुहुन्छ । यो पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ ।

    गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार–२०७९ कविता विधामा दाङा डा अमरराज गिरी र नाटक विधाको पुरस्कार विराटनगरको झोराहाट नाट्य समूहलाई प्रदान गरिएको छ ।

    त्यसैगरी मन्त्रालयले यसै वर्षदेखि सुरु गरेको इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार २०७८ प्राडा त्रिरत्न मानन्धरलाई प्रदान गरेको छ ।

    आइतबार, असार २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.