अर्जुन पराजुली
Advertisement
आकाश छेड
भुइँ नछोड !
हात तान
खुट्टा नतान !
खाने नबन
खुवाउने बन
सेवा जहिल्यै गर
बा आमाको पहिल्यै गर !
अरुलाई सुन
आफूलाई सोध !
आँखाको पछि लाग
कानको पछि नलाग !
पैसालाई खेतालो बनाउ
पैसाको खेतालो नबन !
काम चुपचाप गर
हल्ला कामले गर्छ !