काठमाडौं । मंगलबार रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा मृत्यु भएका मध्ये नौ जनाको सनाखत भएको छ।
अस्पतालमा मृत्यु भएका चार जनासहित ज्यान गुमाएका संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएका चार जनाको सनाखत हुन बाँकी छ।
मृत्यु हुनेमा सुनापति–५ रामेछापका ६० वर्षीय ठूला तामाङ, सोही स्थानकी २६ वर्षीया समरिता तामाङ, वडा नं ५ का खड्क बहादुर विक, रोशी गाउँपालिका–४ काभ्रेका २५ वर्षीय कमल तामाङ, काभ्रेकै पाँचखाल–८ का १८ वर्षीय सुदिप गजमेर, रामेछापको सुनापति–५ का २२ वर्षीया बिपना तामाङ, काभ्रेको मण्डन देउपुर गाउँपालिका–९ का ६० वर्षीया शुभलक्ष्मी मानन्धर, रामेछाप सुनापति–५ खनियापनीका ३६ वर्षीया सन्जु आले मगर, र काभ्रेको पाँचखाल–८ का ४० वर्षीय कुल बहादुर विक रहेका छन्।
रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा आज बिहान १०ः३० बजे दुर्घटना भएको थियो ।
२१ जना घाइतेलाई धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो।